Uncategorized

नीलबाराहि श्रमदान – १४ औ श्रमदान आजबाट पुन सुचारु

Buzz Education

मध्यपुर थिमि

साउन -३१ -२०८२

आज बाट पुन नीलबाराही बचाउ अभियान अन्तर्गत पहिरो नियन्त्रणका लागि श्रमदान अभियान सुचारु भएको छ । निल बाराही मन्दिर तथा  बनक्षेत्र  संरक्षण समितिको अवाहानामा हुँदै आएको श्रमदान कार्यक्रम बोदेको प्रशिद्द एतिहासिक तथा धार्मिक तान्त्रिक नाच निल बाराही नाच अवधिभर स्थगित गरिएको थियो । निल बाराही नाच अवधिभर बोदे तथा टिगन क्षेत्रमा खेतबारीमा काम गर्न नहुने जनविश्वास रहेकाले समितिले नाच अबधिभर श्रमदान कार्यक्रम स्थगित गरिएको थियो । स्थानीय सरकार तथा सरोकारवाला निकायले बिगत १० बर्ष देखि पहिरो नियन्त्रण गर्न कुनै ठोस कदम नचालेको भन्दै संरक्षण समितिको अगुवाइमा हाल श्रमदान हुँदै आएको छ । अभियानले भक्तजन मार्फत आर्थिक, भौतिक र नैतिक समर्थनको आवाहन गर्दै श्रमबारका रुपमा हप्ताको ३ दिन श्रमदान तथा अन्य दिनहरुमा स्थानीयको अगुवाइमा श्रमदान हुँदै आएको छ । हाल सम्म काठमाण्डौ ,भक्तपुर र ललितपूराका बिभिन्न स्थानहरु बाट ५० हजार जना भन्दा बढीले श्रमदान गर्दै आएको बताएको छ भने अहिलेसम्म १ करोड भन्दा बढी रकम सहयोग प्राप्त गरि सकेको छ ।   श्रमदाताहरुले  श्रमका अलावा बिभिन्न्बिभिन्न जिन्सी सामान तथा औजारहरु पनि सहयोग प्रदान गर्दै आएका छन  ।

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिको विनायक शिक्षा निकेतन स्कुल द्वारा घिन्तांग घिसी नाच प्रदर्शन ।

Madhyapur Diary

साउन यता देशभर हैजा संक्रमितको संख्या ३० पुगेको छ ।

Madhyapur Diary

नेपाल कपडा तथा सिलाई ब्यबसायी संघ भक्तपुरको दोस्रो अधिवेशन सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy