
मध्यपुर थिमि
मध्यपुर थिमिमा यस बर्षको भैरब नाच सम्पन्न भएको छ । यस बर्ष मध्यपुर थिमिको लायाकु तथा नगदेशबाट नगदेश तान्त्रिक भैल नाच निकालिएकोमा शुक्रबार दुवै नाच सम्पन्न भएका हुन् । मध्यपुर थिमिमा यस बर्ष लायकु दरबार बाट यो नाच निलाकिएको थियो । प्रजापति समुदायबाट थिमिमा बिगतमा नाच संचालन भएका थिय तर लायकु भैल निकालिने भए संगै यो बर्ष प्रजापति समुदाय बाट निकालिएको थिएन । नगदेशमा भने बिगत १२ बर्ष देखि यो नाच संचालन हुन सकेको थिएन । यस बर्ष नगदेशमा भने सबैको प्रयासमा यो नाच निकालिएको थियो । गाइजात्राको अवशरमा चार पटक नचाइने यो नाच मध्यपुर थिमि र नगदेशका बिभिन्न टोहरुको परिक्रमा गरि बिभिन्न तालहरुमा नचाइएको थियो । यस नाचमा भैरब २ , दागी २ र ज्यापुंग १ गरि कुल ५ जना कलाकार रहने गर्दछ । त्यसै गरि बिहिबार बोदे स्थित प्रशिद्द एतिहासिक नीलबाराही नाच समेत सम्पन्न भएको छ । यस अलावा पनि मध्यपुरका बिभिन्न स्थानहरु बाट सांस्कृतिक नाचहरु निकालिएका थिए । मध्यपुर थिमि बाट इन्द्र अप्सरा नाच , सलाचा प्याख प्रस्तुत गरिएका थिए भने गाईजात्राकै अवशरमा मध्यपुर ९ टीगनी बाट नागचा प्याखसमेत निकालिएको थियो । साथै नगदेश बाट घिन्तान्ग्घिसी निकालिएको थियो । कला र संस्कृतिको केन्द्रका रुपमान रहेको मध्यपुर थिमि नगरपालिकामा यसबर्षको गाइजात्रा नाचमय भएको छ ।

