Uncategorized

मध्यपुर थिमिमा अन्तर नगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिता उद्वघाटन

Buzz Education

 भाद्र -२७ –मध्यपुर थिमि नगरपालिका वडा न ८ बोडेको कुमारी मन्दिर परिसरमा प्रथम अन्तर नगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । मध्यपुर थिमि ४ स्थित शंखधर शाख्वा डोजोले आयोजना गरेको उक्त कार्यक्रम भाद्र २७ गते सुभारम्भ भई २८ गते समापन हुने जनाइएको छ। देश भरीका बिभिन्न नगरपालिकाका ५०० भन्दा बढी खेलाडी तथा प्रशिक्षकहरूको सहभागिता रहेको उक्त प्रतियोगिता पहिलो पटक मेयर कपको रूपमा मध्यपुर थिमि नगरपालिकामा शंखधर शाख्वा डोजोले आयोजना गरेको हो।

२० केजी तौल समूह देखि माथिका बिभिन्न तौल समूहमा कराते तथा किक बक्सिङ प्रतियोगिता आयोजना गरिएको हो।


उक्त कार्यक्रममा प्रमूख आतिथिका रूपमा राष्ट्रिय खेलकुड परिषडका सदस्य सचिव रमेश शिलबाल रहनु भएको थियो भने बिशिष्ट अतिथिमा मध्यपुर थिमि नगरपालिकाका प्रमूख मदन सुन्दर जुगलु श्रेष्ठ, बिशेष अतिथिमा नगरका उपप्रमुख अन्जना देबी मधिकर्मी तथा अतिथिहरूमा राष्ट्रिय खेलकुड परिषदका कार्यकारी सदस्यहरु एकेन्द्र कुंवर, नन्द बस्याल, सुवास श्रेष्ठ , सम्पन्न श्रेष्ठ , नेपाली कांग्रेस भक्तपुरका पूर्व सभापति गणेश मान चक्रधर, नगरपालिकाका बिभिन्न वडाका बडा अध्यक्षहरु लगाएत बरिष्ठ रेफ्रि संयोजक राजेन्द्र कपाली, राष्ट्रिय रेफ्रि सह संयोजक महेश रन्जीत, राष्ट्रिय खेलाडी दिपक बिष्ट र लोकप्रिय कलाकार राजा राजेन्द्र लगाएत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।


कार्यक्रममा बोल्नु हुँदै राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिब रमेश सिलवालले ४२ वटा नगरपालिका ५०० भन्दा बढी खेलाडी तथा प्रशिक्षकहरू एकै ठाउँमा सहभागि गराउनु सामान्य कुरा नरहेको बताउनु हुँदै मध्यपुर थिमिले उपेन्द्र मान सिह, बाल गोपाल साहुखल, सन्तोष साहुखल, मन्डे काजी श्रेष्ठ लगाएत थुप्रै खेलाडीहरू जन्माएको स्मरण गराउँदै मध्यपुर थिमिले खेलकुडको माध्यमबाट आफ्नो परिचय फेदै गरेको बताउनु भयो। यस्ता खेलाडीहरू जन्माउनुको पछाडी नगरपालिकाको ठूलो हात रहेको पनि बताउनु भयो।

बिशिस्ट अतिथि सुन्दर श्रेष्ठले देशै भरीबाट आउनु भएका सम्पूर्ण खेलाडीहरुलाई प्रतियोगिताको सिलसिलामा आउनुभए पनि संस्कृतिक रूपले धनी मध्यपुर थिमि नगरपालिकाले पछिल्लो समय गरेको बिकास निर्माण तथा पुननिर्माणलाई नियालेर मात्रै आफ्नो ठाउँमा फर्कन अनुरोध गर्नुभयो । उहाँले गन्तव्य मध्यपुर बर्ष मनाई रहँदा देशै भरी बाट पाल्नु भएका खेलाडी हरुले थप टेवा पुऱ्याउने कुरामा बिश्वास व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्नु हुँदै बिशेष अतिथि तथा मध्यपुर थिमि नारपालिकाका उपप्रमुख अन्जना देबी मधिकर्मीले नियमित प्रशिक्षण र प्रतियोगिताहरू नहुदा उर्जाशील खेलाडीहरु त्यतिकै बस्नु पर्ने अवस्था रहेकोमा चिन्ता ब्यक्त गर्नुभयो। नगरपालिकाले खेलकुडको बिकासमा थप बजेट जुताउनु पर्नेमा जोड दिनु भयो । खेलकुडले राष्ट्रको छबी अन्तराष्ट्रिय स्तरमै बढाउने भएकोले राज्यले खेलकुड क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखि नियमित प्रतियोगिताहरू सञ्चालन गनुपर्ने उपप्रमुख मधिकर्मिले बताउनु भयो ।


कार्यक्रमका आयोजक तथा राष्ट्रिय किर्तिमानधारी खेलाडी तथा शंखधर शाख्वा डोजोका प्रमुख प्रशिक्षक मण्डेकाजी श्रेष्ठले कोभिड १९ को कारण धारासायि बनेको खेलकुड क्षेत्रलाई थप क्रियाशिल बनाउन तथा खेल क्षेत्रमा लाग्नुहुने खेलाडी तथा प्रशिक्षकहरूको मनोबल बढाउन पनि आफुहरुले प्रथम अन्तर नगर सितेरियो कराते तथा किक बक्सिङ खेलकुड प्रतियोगिता आयोजना गरेको बताउनु भयो। कार्यक्रमको सभापति आयोजक तथा खेलाडी मण्डे काजी श्रेठको सभापतित्वमा सम्पन्न भएको थियो ।

मध्यपुर डायरी संवाददाता – बिज्ञान श्रेष्ठ

फोटो फिचर

Buzz Education

ताजा समाचार

मध्यपुर थिमिमा दोश्रो दिनका नाचहरु सम्पन्न ।

Madhyapur Diary

काठ्मान्डौमा चितुवाको आक्रमण बाट एकै घरका ५ जना घाईते ।

Madhyapur Diary

जिल्ला प्रशासन कार्यालय भक्तपुर द्वारा १६ बुँदे आदेश जारी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy