कला धार्मिक समाचार समाज

पत्रकार तथा हाम्रो जात्रा डटकमका संचालक श्याम था श्रेष्ठ पशुपति क्षेत्र बिकास कोष द्वारा सम्मानित ।

Buzz Education

मध्यपुर थिमि वडा न ८ बोदे निवासी ख्यातिप्राप्त पत्रकार तथा हाम्रो जात्रा डटकमका संचालक श्याम था श्रेष्ठ सम्मानित बनेका छन। पशुपति क्षेत्र बिकास कोष को ४० औ बार्षिक उत्सब सामारोह को अवशरमा सोमबार पशुपति क्षेत्र बिकास कोष महाशिवरात्री ब्यबस्था मूल समिति द्वारा आयोजित कार्यक्रममा महाशिवरात्रि पर्ब २०८२ को पावन अवशरमा पबित्र पशुपति क्षेत्रमा आराध्यदेव भगवान श्री पशुपतिनाथको दर्शनार्थ स्वदेश तथा विदेशबाट पाल्नु भएका भक्तजन /तीर्थयात्रीहरुलाई महाशिवरात्रि पर्ब ब्यबस्थापन मूल समिति अन्तर्गत गठित प्रचार प्रसार ब्यबस्था कार्यमा सक्रिय रुपमा सहभागी भइ भक्तजन तथा तीर्थयात्रीहरुलाई सहज दर्शन गराउन योगदान पुर्याए बापत सम्मान स्वरूप हाम्रो जात्रा डटकम तथा संचालक श्याम था श्रेष्ठ लाइ कदरपत्र सहित सम्मानित गरिएको हो ।
पत्रकार श्याम था बिगत १ दशक भन्दा लामो समयदेखि निरन्तर रुपमा काठमाण्डौ उपत्यका र आसपासका जिल्लाहरुमा रहेका बिभिन्न जात्रा पर्ब ,कला संस्कृति आदिको प्रचार प्रसार तथा सम्बर्दनमा सक्रिय रुपमा लाग्दै आउनु भएको छ । यहि महत्वपूर्ण कार्यका लागि उहाँलाई बिगतमा पनि दर्जनौ संघ संस्थाहरुले समानित गरि सकेको छ । अहिलेको सुचना र प्रबिधि को समयमा बिशेष गरि मूलधारका समाचार माध्यमहरुले नेता तथा राजनीति केन्द्रित समाचारलाइ आफ्नो मुख्य समाचार बनाइ रहंदा ओझेलमा परेको पुर्खाले सिर्जेको कला ,संस्कृति , जात्रा .पर्ब .परम्परा आदिको दिन रात , घाम पानी , सन्चो बिसन्चो नभनी संस्कृतिको पक्षमा उपस्थिति जनाई विश्वभरिका जनमानसमा जात्रा पर्ब लाइ मुख्य बिषय बनाइ उहा प्रचार कार्यमा अविरल लाग्दै आउनु भएको छ । आइ टि इन्जिनियर जस्तो पेशा र महिनाको लाखौको कमाइ र आफ्नै आइटि कम्पनि समेत छेउमा राखी बिगत लामो समय देखि काठमाण्डौ आसपासका लोपउन्मुख जात्रा पर्बहरुलाई हाम्रो जात्रा फेसबुक पेज तथा यू -ट्युब च्यानल मार्फत प्रत्यक्ष्य रुपमा विश्वका कुना कुनामा रहेका नेपाली तथा बिदेशीहरुको माझ पुर्याउदै नेपालको मौलिक पहिचानका रुपमा रहेको जात्रा पर्बको प्रचार प्रसार तथा सम्बर्दनमा पुर्याएको योगदानको कदर स्वरूप सम्मानित बन्नु व्यक्तिगत रुपमा उहाको कदर मात्र नभई सिंगो कला संस्कृति प्रतिको सम्मानका रुपमा बुझ्न जरुरी छ । कार्यक्रममा बिभिन्न क्षेत्रबाट योगदान पुर्याउने महानुभाबहरुलाई समेत समानित गरिएको थियो ।

Buzz Education

ताजा समाचार

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

Madhyapur Diary

मध्यपुर रोटरी क्लबद्वारा शिक्षक शिक्षिका हरुलाई स्तनपान र बाल स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न ।

Madhyapur Diary

श्रीमतीको हत्या पश्चात श्रीमान द्वारा आत्महत्या प्रयाश ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy