समाचार समाज

मथिनपाद्वारा अरनिको राजमार्ग सडक खण्ड सरसफाई तथा बृक्षारोपण सुरु

Buzz Education
  • श्रावण – १०- मध्यपुर थिमि नगरपालिका द्वारा यस वर्ष संचालित बृहत सरसफाई अभियान अन्तर्गत अरनिको राजमार्ग खण्ड पर्ने मथिनपा वडा नं ९ राधे – राधे देखि वडा नं १ लोकन्थली वडा कार्यालय सम्मको सडक खण्ड र सडक आसपासका सडक पेटीमा श्रावण ७ गते आईतबार देखि विशेष सरसफाई कार्यक्रम सुरु गरिएको छ ।जस अन्तर्गत सडक पेटीमा रहेका फोहोरहरुको सरसफाई ,बिग्रिएका भत्किएका संरचना पूर्ण निर्माण , अव्यवस्थित उम्रेका घाँसहरुको व्यवस्थापन एबम सडक को मध्यभागमा रहेका बगैंचाहरुको गोडमेल एबम बिरुवाहरूको काटछाँट र सरसफाई कार्यक्रम कार्यन्वयनमा ल्याइएको छ।साथै बिगतमा जस्तै थप संख्यामा बृक्षारोपण गदै लगिने पनि नगरपालिका श्रोतले जनाएको छ ।

यस वर्ष घोषित रुपमै मध्यपुर थिमि नगरपालिकालाई सुन्दर ,सफा र हराभरा बनाउने लक्ष्य अनुरुप सो कार्यक्रम ल्याइएको हो ।हालैका दिनमा नगरपालिकाले नगरका विभिन्न चोक ,गल्ली क्षेत्रको सरसफाई तथा मर्मत कार्यलाई कार्यन्वयनमा ल्याइएको छ । यसै क्रममा मध्यपुर थिमि नगरपालिकाका कोर एरियामा निःशुल्क साप्ताहिक फोहोर संकलन कार्यलाई समेत अघि बढाइएको छ ।देशकै प्रमुख राजमार्ग ८ लेनको सडक खण्डलाई हराभरा ,सुन्दर र झिलिमिली बनाइने उद्देश्य अनुरुप नगरपालिकाले यो कदम चालेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर डायरी डट कमलाई जानकारी गराउनुभयो। राजमार्ग आसपासका सडक पेतिलाई सुरक्षित बनाउने हेतुले वडा नं १ स्थित मनोहरा पुल देखि वडा नं ९ स्थित
हनुमन्ते पुल सम्मको दूरीलाई विशेष प्राथमिकतामा राखी सरसफाई अभियानलाई तिब्रता दिईएको नगर प्रमुख
सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय नगरभित्रका टोल बस्ती सडक ,चोक र गल्लीहरूमा सरसफाई अभियानले तिब्रता पाएसँगै देखिने गरी परिवर्तनहरू देखिएका छन् ।नगरवासीहरुले पालिकाको यो कदमलाई सकारात्मक रूपमा लिएका छन्।

Buzz Education

ताजा समाचार

शनिवार सम्पन्न तेस्रो खेलमा वडा न ९ को जित ।

Madhyapur Diary

क्रान्तिकारी बिधार्थी संघ र क्रान्तिकारी युवा संघको एमसिसी बिरोधि जुलुसमा प्रहरी दमन – दर्जनौ घाईटे

Madhyapur Diary

अमेरिकी दुताबास अगाडी प्रदर्शण ६ जना पक्राउ

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy