मनोरञ्जन समाचार

मंशिर ११ गते मध्यपुरको बोडेमा तेस्रो एपिक अवार्ड हुँदै । ख्याति प्राप्त सयौं कलाकारहरू मध्यपुर आउदै |

यहि मंशिर ११ गते मध्यपुर थिमि ८ बोडे स्थित कुमारी पार्कमा राष्ट्रिय स्तरको तेस्रो एपिक नेपाल म्युजिक अवार्ड आयोजना हुन गईरहेको छ । मध्यपुर थिमि नगरपालिकाको सहकार्य रहेको उक्त कार्यक्रममा हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य लाई Lifetime achievement award प्रदान गरीने भएको छ भने यस अगाडी मनोनयनमा परेका उत्कृष्ट कलाकारहरू मध्य बिभिन्न बिद्याहरूबाट सर्वोकृष्ट कलाकार हरु घोषणा तथा अवार्ड बितरण गरिने कार्यक्रम समेत रहेको छ । उक्त कार्यक्रममा मनोरन्जन पत्रकारीता सम्मान २०७८ बाट ख्यातिप्राप्त रंग पत्रकार जिवन पराजुली पनि लाई सम्मान गरीने बताइएको छ ।ख्याति प्राप्त सयौ र राष्ट्रिय स्तरका कलाकार हरुको उपस्थिति रहने बताईएको उक्त कार्यक्रममा मध्यपुर थिमिका सांस्कृतिक धरोहर रुपि भैल: ( भैरब ) नाच गुरुगण, महाकाली नाच गुरुगण तथा जिब्रो छेड्ने जात्राका नायक जिब्रो छेड्ने ब्यक्तिहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको बताईएको छ । साथै प्रकाश सपुत, दुर्गेश थापा, सरस्वती मानन्धर लगायतका गायक गायीका हरुको प्रस्तुति एवम अन्य संस्कृतिक प्रस्तुतिहरु पनि रहने बताईएको छ । त्यस्तै कार्यक्रममा मध्यपुर थिमि नगर पालिकाका नगर प्रमूख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न हुने जनाईएको छ । कार्यक्रममा निशुल्क प्रवेशको ब्यबस्थाका साथै काठ्मान्डौ बाट कार्यक्रम हेर्न आउन चाहनेहरुको लागि यातायातको ब्यबस्था समेत गरेको बताईएको छ । कार्यक्रम मंशिर ११ गते दिउसो १२:३० बजे बाट शुरू हुने बताईएको छ । मध्यपुर थिमिको ईतिहासमा पहिलो पटक यस प्रकारको राष्ट्रिय स्तरको अवार्ड बितरण कार्यक्रम हुनलाई धेरै क्षेत्रबाट चासोको रुपमा हेरीएको छ । पर्यटन प्रबर्द्धन गर्न सन २०२१ लाई मध्यपुर भ्रमण बर्ष “गन्तव्य मध्यपुर ” प्रबर्द्धन गदै आएको मध्यपुर थिमि नगरपालिकाले यस्ता खालका कार्यक्रमले मध्यपुर थिमिमा आन्तरीक पर्यटन प्रबर्दन गर्न सहयोग पुग्ने बिश्वास गरीएको छ ।

ताजा समाचार

राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमि ९ वडा कमिटी घोषणा कार्यक्रममा मा. महेश बस्नेतले के के भने ?

Madhyapur Diary

अमेरिकी राष्ट्रपतिको शिर निहुरेको तस्वीर भाईरल

Madhyapur Diary

अब मध्यपुरबासीले निशुल्क रगत पाउने

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy