पुष २४ – मध्यपुर सञ्चार समाजको आयोजनामा शनिवार समाजमा आबद्ध तथा बिभिन्न क्षेत्रमा क्रियाशिल पत्रकारहरू समेतको सहभागितामा मध्यपुर थिमि स्थिति ईन्द्रायणी मन्दिर परिसरमा बार्षिक बनभोज कार्यक्रम आयोजना गरीएको छ । शनिबारका दिन ब्यस्तताका बाबजुत पनि ३० को हाराहारीमा पत्रकारहरूले उक्त बनभोज कार्यक्रममा सहभागिता जनाएको मध्यपुर सञ्चार समाजका अध्यक्ष बाबु काजी श्रेष्ठले बताउनु
भयो । दिनरात समाजलाई सहि सुचना प्रवाह गरी हिंड्ने राष्द्रका चौथों अंग मानिने पत्रकारहरु व्यस्तताका बाबजुद पनि एक आपस बीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बनभोज कार्यक्रम आयोजना गरीएको मध्यपुर सञ्चार समाजका सचिब सुमन श्रेष्ठले बताउनु भयो ।
उक्त बनभोज कार्यक्रममा नेकपा समाजबादीका तर्फबाट बागमती प्रदेश सांसद राजेन्द्र मान श्रेष्ठ, नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व मध्यपुर थिमि नगरपालिका प्रमुख मदन कृष्ण श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अन्जना देबी मधिकर्मी लगायत मथिनपा वडा न ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ , समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ, पत्रकार राष्ट्रिय दबुःका अध्यक्ष सुरज बीर बज्राचार्य, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति , रासस फोटो पत्रकार रत्न श्रेष्ठ, पत्रकार रमेश गिरी लगायतका व्यक्तिहरुले उपस्थिति जनाउनु भएको थियो ।




मध्यपुर सञ्चार समाजका सदस्य सुरेश ख्वाक : श्रेष्ठले आगामी दिनहरूमा पनि सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरू बीच सम्बन्ध प्रगाढ बनाउने तवरले कार्यक्रम गदै जाने बताउनु भयो ।
मध्यपुर सञ्चार समाजले मध्यपुर क्षेत्रमा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरू को हक हित संरक्षण गर्ने तथा सञ्चार क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको क्षमता अभिबृदि हेतु तालिम, गोष्ठि, कार्यशाला तथा पैरबी गदै आएको छ । गत मंशिर २५ गते समाजको चौथौं अधिवेशनबाट पत्रकार बाबुकाजी सांछें श्रेष्ठको नेतृत्वमा नँया कार्यसमिति निर्वाचित गरेको हो ।
तस्वीर – फोटो पत्रकार सुरेश ख्वाक श्रेष्ठ
