शिक्षा समाचार

मध्यपुरको बिनायक शिक्षा निकेतनमा बालबालिका उद्यमशीलता सिक्दै ।

Buzz Education

श्रावण – २६-आजका विद्यार्थी भोलिका उद्यमशील नागरिक हुन्, बाल्यकालदेखि नै उनीहरूलाई उद्यमशील बन्न प्रेरित गर्नुपर्दछ भन्ने अभीष्ट राखी विद्यार्थीहरुलाई प्रयोगात्मक, जीवनोपयोगी ज्ञान दिदैं आएको विनायक शिक्षा निकेतन ई. स्कुल, मध्यपुर थिमिले यही २०८० साउन २६ गते उद्यमशीलतासँग सम्बन्धित एउटा प्रयोगात्मक सचेतना कार्यक्रमको आयोजना गर्यो। विशेष गरेर विद्यार्थीहरुलाई भविष्यमा कसरी आत्मनिर्भर बनाउने, अर्थ उपार्जनका के कस्ता कार्यक्रमहरू हुन्छन् र उद्यामी कसरी बन्न सकिन्छ भन्ने उद्देश्य राखी सो कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले बताउनुभयो । कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरुको प्रतक्ष्य सहभागितामा आधारित उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सामाग्री बिक्रि बितरण स्टल र विभिन्न परिकारहरु तथा खाजाका लागि बेच्न राखिएको र Teach a man to fish भन्ने अन्तर्रास्ट्रिय संस्था द्वारा SECCA कार्यमा निरन्तरता: स्वरूप विद्यार्थीमा उद्यमशीलता कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम
आयोजना गरिएको SECCA संयोजक शिक्षिका सन्ध्या झाले मध्यपुर डायरी डटकमलाई बताउनु भयो ।

विद्यालयका शिक्षक-शिक्षिका, कर्मचारी र अभिभावकको प्रतक्ष्य सहभागितामा आयोजना गरिएको कार्यक्रममा बोल्नु हुदै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हरेक विद्यार्थीलाई भविष्यमा आत्म-निर्भर बनाउन विद्यालयले प्रयोगमा आधारित प्रगतिशील शिक्षा प्रदान गर्दै विद्यार्थीलाई सक्षम र स्वावलम्बी बनाउने प्रयत्न गरिरहेको जानकारी गराउनु भयो। साथै सो कार्यक्रममा उपस्थित अभिभावकहरुले आफ्ना नानीहरुलाई प्रयोगात्मक रूपमा सीपमूलक र जीवनोपयोगी सीप सिकाएकोमा विद्यालय परिवारलाई धन्यवाद दिँदै आभार व्यक्त समेत गरेको थिए।

Buzz Education

ताजा समाचार

बिनायक शिक्षा निकेतनमा अष्ट्रेलियन स्वयममसेवकहरुलाई विदाई ।

Madhyapur Diary

नेपाल भारत दोस्रो मैत्रिपुर्ण फुटबल खेलमा भारत बिजयी

Madhyapur Diary

भीम रावल द्वारा ऐमाले अध्यक्षमा उम्मेदबारी दिने आधिकारिक घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy