राजनीति समाचार

राष्ट्रिय सभाको बैठक स्थगित, भोलि बस्ने

rastriya sabha
Esewa

राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्नेगरी बोलाएका संसद् सचिवालयले स्थगितको सूचना टाँस गरेको हो।

‘जेठ २३ गते मंलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ संसद् सचिवालयले टाँस गरेको सूचनामा भनिएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्ने कार्यसूची थियो। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे उठेका प्रश्नको जवाफ दिने तय गरिएको थियो।

प्रधानमन्त्री प्रचण्ड मंगलबार खप्तड प्रस्थान गर्दैछन्।

Tata box 1

त्यहाँ उनले आजबाट सुरु हुने तीन दिवसीय आध्यात्मिक सम्मेलन उद्घाटन गर्दैछन्। खप्तडमा योग, ध्यान पनि आयोजन गरिएको छ।

Ncell

 

 

ताजा समाचार

श्रीमतीको हत्या पश्चात श्रीमान द्वारा आत्महत्या प्रयाश ।

Madhyapur Diary

भक्तपुर लिग फुटबल फाइनलमा आज लोकन्थली र भक्तपुर युनाईटेड भिडदै ।

Madhyapur Diary

बोडेको नीलबाराही साकोसको २३ औ साधारण सभा सम्पन्न ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy