- भदौ – २१ नेपाल मजदुर किसान पार्टीका जनवर्गिय संगठनहरू नेपाल क्रान्तिकारी बिधार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघको आयोजनामा एमसिसी परियोजनाको बिरुद्धमा भएको प्रदर्शनमा ब्यापक प्रहरी हस्तक्षप भएको छ।
त्रिबि शिक्षण अस्पतालको पश्चिम पट्टिको गल्लीमा प्रदर्शनकारीहरूलाई अन्धाधुन्द प्रहरीले लाठि प्रहार गर्दा दर्जनौ प्रदर्शनकारीहरू घाईटे भएका छन ।
प्रत्यक्षदर्शीहरूका अनुशार प्रहरीले गरेको लाठी प्रहारबाट कृष्ण प्रसाद दुमरू गम्भीर घाईटे भएका छन । उनको अहीले शिक्षण अस्पतालमा उपचार भईरहेको जनाईएको छ।