शिक्षा

ओलम्पिक डे को अवसरमा विनायकमा ब्याडमिन्टन प्रतियोगिता

Buzz Education
  • ओलम्पिक डे को अवसरमा विनायकमा ब्याडमिन्टन प्रतियोगिता
    शिक्षा र खेलकुदलाई सँगसँगै लग्नुपर्दछ र खेलकुद बिनाको शिक्षा अपूर्ण रहने कुरालाई महसुस गर्दै मध्यपुरथिमिमा अवस्थित विनायक शिक्षा निकेतन ई स्कुल ले ओलम्पिक डे को अवसरमा यही जेष्ठ 20 गतेदेखि 26 गतेसम्म ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्यो। सिनियर छात्र छात्रा तथा जुनियर छात्र छात्रा गरेर चारवटा इभेन्ट बनाई आयोजना गरिएको उक्त कार्यक्रम सबैका लागि खेलकुद नामक संस्थाको अनुरोधमा विनायक अतिरिक्त क्रियाकलाप विभागको संयोजकत्वमा आयोजना गरिएको विद्यालयका इ सि ए संयोजक शिवहरि प्रजापतिले बताउनुभयो। नेपाल तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको ब्यानरमा आयोजित उक्त कार्यक्रममा सिनियर छात्रातर्फ क्रिशा प्रजापति र श्रेया प्रजापति क्रमशः प्रथम द्वितीय हुन सफल भएका थिए भने सिनियर छात्रतर्फ प्रनिश अवाल र जीवन मगर क्रमशः प्रथम र द्वितीय हुन सफल भएका थिए ।त्यस्तै साेही दिनको फाइनल खेलमा जुनियर छात्रातर्फ जुनेली मगर र युनिस्का श्रेष्ठ क्रमशः प्रथम द्वितीय चयन भएका थिए भने जुनियर छात्र तर्फ दिनेश श्रेष्ठ रजीवन मगर क्रमशः प्रथम र द्वितीय हुन सफल भएका थिए ।साथै सोही दिन बिजेताहरुको सम्मानमा आयोजित पुरस्कार वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले भोलिका विश्व नागरिक विद्यार्थीहरुलाई उनीहरूको क्षमता र उनीहरुभित्रको सीप र दक्षतालाई बुझी खेलकुदका माध्यमबाट शिक्षा दिइने प्रगतिशील मान्यतालाई आत्मसात गरी यस्ता कार्यक्रमहरु स्थापनाकालदेखि नै गरिँदै आएको र यसै वर्ष जुन 3 देखि 23 सम्म मनाउँदै आएको ओलम्पिक डे लाई अझ सशक्त ढंगले विभिन्न खेलकुदका इभेन्ट आयाेजना गरी मनाउदै भोलिका ओलम्पिक खेलका प्रतिस्पर्धीहरु तयार गर्ने विद्यालयको लक्ष्य रहेको कुरा बताउनु भयो । सो प्रतियोगितामा सिनियर र जुनियर गरेर करिब 200 जना विद्यार्थीहरु सहभागी रहेका थिए।
Buzz Education

ताजा समाचार

मध्यपुरको नवरत्न स्कुलका बिद्यार्थीहरूद्वारा पुराना कपडा सहयोग हस्तान्तरण ।

Madhyapur Diary

बिद्यालय कर्नर – बिनायकमा सकिमना पुन्हि

Madhyapur Diary

मध्यपुरको बिनायक शिक्षा निकेतनमा गुरु पूर्णिमा तथा भानु जयन्ती मनाईयो ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy