घुमफिर मनोरञ्जन शिक्षा समाचार समाज

शैक्षिक भ्रमणका लागी उत्कृष्ट गन्तव्य मिर्मी

शैक्षिक भ्रमणका लागी उत्कृष्ट गन्तव्य मिर्मी
Buzz Education

स्याङ्जा- स्याङ्जाको मिर्मी देशभरका विद्यार्थीको शैक्षिक भ्रमणको लागी उत्कृष्ट गन्तब्य बनेको छ । देशकै पहिलो जलयातायात, विश्वविराट शालीग्राम शिला र ठूलो जलविद्युत्त आयोजना एकै ठाउँमा हेर्न पाउने भएकोले यो क्षेत्र विद्यार्थी तथा शिक्षकको रोजाईमा परेको हो ।

कुनै बेला स्याङ्जाको आँधीमुहान पर्वत, स्याङ्जा र गुल्मीको व्यापारिक नाका थियो । आँधीमुहानदेखि सेतीबेणीसम्मको जलयातायात देशकै पहिलो मात्र थिएन खाद्यान्न र यात्रु ओसारपसार गर्न खच्चडको बैकल्पिक यातायातको साधन थियो । अहिले भने गाउँगाउँमा सडक पुगेसँगै मिर्मीको आँधीमुहान सुनसान बनेको छ ।

तर, जाडो समयमा देशका विभिन्न विद्यालयबाट आउने शैक्षिक भ्रमणले कार्तिकदेखि माघसम्म रौनक थप्ने गरेको छ । विद्यार्थीहरुले एकैपटक देशकै पहिलो जलयातायात, विश्वविराट शालीग्राम शिला र ठूलो जलविद्युत्त आयोजना एकै ठाउँमा हेर्न पाउने भएकोले पनी यो क्षेत्र शैक्षिक भ्रमणको महत्वपूर्ण गन्तब्य बनेको हो ।

पहिले हजारौँको संख्यामा आउने पर्यटक अहिले सयौँमा झर्न थालेको होटेल तथा पर्यटन व्यवसायीको गुनासो छ । कालिगण्डकी नदीको एकातिर करिडोर र अर्कोतिर लोकमार्ग संचालनमा आएसँगै जलयात्रा गर्ने यात्रुको संख्यामा गिरावट आएको हो ।

कालीगण्डकी जलाशायमा ०५९ सालदेखी साना ठुला गरेर १६ स्टिमर संचालन ल्याइएको भएपनी अहिले शैक्षिक र संस्थागत भ्रमणमा आउने पर्यटकको लागी पाँचवटा स्टिमरमा संचालनमा ल्याइएको छ ।

सडकको विकासले दुरदराजमा सहज बनाएपनी जलयातायात व्यवसायीलाई भने जोखिममा परेको छ । यसलाई अझ परिमार्जन गरेर पर्यटन गन्तव्यका लागि अझ पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Buzz Education

ताजा समाचार

भक्तपुर उद्योग बाणिज्य संघमा शिव प्रसाद मानन्धरको नँया नेतृत्व ।

Madhyapur Diary

बोडेको महालक्ष्मी परिसर सुधारको लागि उपभोक्ता समिति गठन ।

Madhyapur Diary

हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको खेलकुद च्यानल ‘हिमालय स्पोर्ट्स’ को प्रमुख कार्यकारी अधिकृतमा सुरज गिरी नियुक्त

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy