समाचार समाज

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

प्रकाशित – मिति – भदौ -८

मध्यपुर थिमि नगरपालिका अन्तरगत रहेका कृषि संग सम्बन्धित सेवाग्राहीलाई पहिचान गरी नगरपालिका बाट सञ्चालन गरिने कृषि कार्यक्रममा समावेश हुनका लागि कृषि संग सम्बन्धित कृषक (ब्यक्ती ) / कृषि समुह / कृषि सहकारी / कृषि फर्म / कम्पनीहरू यस न. पा. को कृषि शाखामा सुचिकृत हुनका लागि तपशिल अनुशारको कागजात संलग्न गरी सुचना प्रकाशन भएको मितिल १ महिना भित्र सुचिकृत हुन सम्बन्धित सबैमा अनुरोध गरीन्छ । यस सुचना बमोजिम सुचिकृत नहुने कुनै पनि कृषक (व्यक्ती ) कृषि समुह / कृषि सहकारी / कृषि फर्म / कम्पनी हरुलाई यस नगरपालिकाको कृषि शाखा द्वारा सञ्चालन गरिने कार्यक्रममा सहभागी गराउन नसकिने ब्यहोरा समेत जानकारी गराईन्छ । साथै यस बिषयमा थप जानकारीका लागि मध्यपुर थिमि नगर पालिका कार्यालयको कृषि शाखामा सम्पर्क गर्न हुन समेत अनुरोध छ ।
सुचिकृत हुनका लागि संलग्न गर्नु पर्ने कागजातहरू
कृषक (व्यक्ती ) सुचिकृत हुनका लागि
* मुख्य पेशा कृषि भएको र कृषकले कम्तिमा प्‍ आना जग्गामा खेती गरेको हुनु पर्ने
* कृषक हो भनी वडा कार्यालयको सिफारिस
* सुचिकृत हुनका लागि निवेदन

– कृषक समुह सुचिकृत ( नबिकरण हुनका लागि
* दर्ता प्रमाणपत्रको प्रतिलिपि
* समुह बैठक निर्णयको प्रतिलिपि
* राजश्व तिरेको भौचरको प्रतिलिपि
सुचिकृत हुनका लागि आबेदन

-कृषि सहकारी / कृषि फर्म / कम्पनिहरु सुचिकृत हुनका लागि
* दर्ता प्रमाणपत्रको प्रतिलिपि
सहकारीको लागि कार्य समिति बैठकको प्रतिलिपि
वडा कायालय को सिफारिस
सुचिकृत हुनका लागि आबेदन

ताजा समाचार

मध्यपुरमा नेपाल संबत एप र पात्रो सार्वजनिक हुँदै ।

Madhyapur Diary

काठमाडौं उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ

Madhyapur Diary

भक्तपुरका चारै नगरमा कांग्रेस र एमालेले नगरप्रमुख उमेदबार टुङगो लगाएको छ ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy