राजनीति समाचार समाज

भक्तपुरका चारै नगरमा कांग्रेस र एमालेले नगरप्रमुख उमेदबार टुङगो लगाएको छ ।

Buzz Education

बैशाख -१२-नेपाली कांग्रेसले आईतबार भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारहरुको टुंगो लगाएको छ ।

कांग्रेसले मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकाको उपप्रमुखमा सुभद्रा काफ्लेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


भक्तपुरका चार नगरपालिका मध्ये मध्यपुर थिमिको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई र नेकपा एकिकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायकको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भएको छ ।

त्यस्तै गरी नेकपा एमालेले भक्तपुरका चार नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाएको छ । आइतबार रातीसम्म बसेको एमालेको बैठकले यस्तो टुंगो लगाएको हो ।

जसअनुसार सूर्यविनायक नगरपालिकाको प्रमुखमा वासुदेव थापा र मध्यपुर थिमिको प्रमुखमा मदनसुन्दर श्रेष्ठ दोहोरिएका छन् भने चाँगुनारायण नगरपालिकामा हालका उपमेयर बिना बास्तोलालाई लाई बढुवा गरी मेयरको उम्मेदवार बनाइएको छ । भक्तपुर नगरपालिकामा भने रवीन्द्र लाछिमस्युलाई उम्मेदवार बनाइएको छ ।


उपमेयरतर्फ सूर्यविनायक नगरपालिकामा सरिता भट्टराई, मध्यपुर थिमिमा उत्तरा नेपाल चाँगुनारायणमा रमेश बुढाथोकी र भक्तपुर नगरपालिकामा रन्जना खर्बुजा उम्मेदवार बनेका छन् ।

 

 

 

 

 

Buzz Education

ताजा समाचार

बोडेको महालक्ष्मी परिसर सुधारको लागि उपभोक्ता समिति गठन ।

Madhyapur Diary

मध्यपुर थिमि राधेराधे स्थित भाटभटेनीमा जिल्ला प्रशासन कार्यालयको अनुगमन ।

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्ययुरबासीहरुद्वारा मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy