Uncategorized

काठमाडौं उपत्यकामा पहिलो पटक दुर्लभ काँसे घाँसेचरीको अवलोकन

काठमाडौं उपत्यकामा पहिलो पटक दुर्लभ काँसे घाँसेचरीको अवलोकन

काठमाडौं – काठमाडौं उपत्यकामा पहिलो पटक दुर्लभ चरा काँसे घाँसेचरी (Bristled Grassbird) को अवलोकन भएको छ। गत साता श्रावण २८ गते (बिहिबार) मनोहरा खोलाको किनारमा ग्रीष्मकालीन रंगमा देखिएको यो चरा बयस्कभन्दा भिन्न देखिने भएकाले वैज्ञानिक दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।

वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी र संजय था श्रेष्ठले यस चराको तस्वीर खिचेर दस्तावेजीकरण गरेका हुन्। विश्वव्यापी रूपमा ‘सव–भल्नरेबल’ (Sensitive Category) मा पर्ने यो प्रजाति प्रायः भारत उपमहाद्वीपका अग्ला घाँसेमैदान र काँसघारीमा पाइन्छ। यसको बासस्थान तीव्र गतिमा नष्ट हुँदै गएकाले संख्या घट्दो क्रममा रहेको विज्ञहरूले बताएका छन्।

प्रायः लुकेर बस्ने यो चरालाई प्रजनन मौसममा मात्रै विशेष आवाज निकाल्ने र झाडीबाहिर देखिने भएकाले सजिलै चिन्न सकिने चराविज्ञहरूको भनाइ छ।

नेपालमा यस प्रजाति पहिलो पटक सन् १९८६ मा चितवनको राप्ती नदी किनारमा आर. वाइ. फ्लेमिङ जुनियरले अवलोकन गरेका थिए। त्यसपछि पछिल्लो अवलोकन काठमाडौं उपत्यकामा गुरुङ, बुढाथोकी र श्रेष्ठले गरेका छन्, जसलाई उपत्यकाको चरासूचीमा ऐतिहासिक खोजका रूपमा लिइएको छ।

शहरीकरणले तीव्र रूपमा रूपान्तरण भैरहेको काठमाडौं उपत्यकामा अझै पनि मनोहरा खोलाको किनारजस्ता साना तर महत्त्वपूर्ण घाँसे क्षेत्रहरू बाँकी छन्। यस्ता क्षेत्रहरूले दुर्लभ र संवेदनशील चराहरूलाई सुरक्षित आश्रय प्रदान गरिरहेका विज्ञहरूको भनाइ छ।

चराविज्ञ तथा संरक्षणकर्मीहरूले यस अवलोकनलाई आगामी अनुसन्धान, व्यवस्थित अध्ययन र संरक्षणका लागि ठूलो प्रेरणा हुने अपेक्षा गरेका छन्। गुरुङ, बुढाथोकी र श्रेष्ठको दस्तावेजीकरणलाई उपत्यकाको चराविज्ञान इतिहासमा एक महत्वपूर्ण उपलब्धि मानिएको छ।

ताजा समाचार

अधिवेशनका लागि चितवन पुगे ओली ।

Madhyapur Diary

नील बाराही नाच एक परिचय –

Madhyapur Diary

मध्यपुरमा बिभिन्न ठाउँको पुरानै माैलिक नाम संरक्षण अभियान सुरू

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy