राजनीति

मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठ थाइल्यान्डको बैकक प्रस्थान ।

Buzz Education

दक्षिणपूर्व एशियाली डिजिटल सहयोग सम्मेलनमा सहभागी हुन तीन दिने औपचारिक भ्रमण

बैंकक, थाइल्याण्ड – मध्यपुर थिमी नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ चीनको निमन्त्रणामा बैंककमा आयोजना हुन लागेको २०२५ दक्षिण तथा दक्षिणपूर्व एशिया डिजिटल सहयोग सम्मेलन, उद्योग–व्यापार आपूर्ति तथा माग मिलान कार्यक्रममा सहभागी हुन तीन दिने औपचारिक भ्रमणका लागि थाइल्याण्ड प्रस्थान गर्नुभएको छ।

भ्रमणको पहिलो दिन, अगस्ट २८ तारिख दिउँसो उहाँले डिजिटल मैत्री शहर सहयोग सम्झौताको पहलकर्तासँग अन्तरक्रिया गर्नुहुनेछ। बैठकमा सहभागी हुनेमा युनान प्रान्तको जन सरकारका उप-महासचिव शि योलियन, उद्योग तथा सूचना प्रविधि प्रान्तीय विभागका उप निर्देशक, कुन्मिङ शहरको पानलोङ जिल्लाका उप-जिल्ला गभर्नर लिउ सियानचुन, फुझाउको बुज सफ्टवेयर ग्रुपका अध्यक्ष चेन शाओहुआ र मध्यपुर थिमी नगर प्रमुख सुरेन्द्र श्रेष्ठ रहेका छन्।

नगर प्रमुख श्रेष्ठले यस अवसरमा डिजिटल र औद्योगिक क्षेत्रमा नेपाल र चीनबीच नयाँ सहयोगका अवसरहरू खोज्ने र साझा परियोजनाहरूमा अनुभव आदान–प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।

Buzz Education

ताजा समाचार

एमाले समाजवादी दर्ता नगर्न एमालेको माग

Madhyapur Diary

५७ भाई संग ओलि नडराउने संकेत ।

Madhyapur Diary

कमल थापा द्वारा राप्रपा बाट अलग भएको घोषणा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy