बाबु काजी सांछे श्रेष्ठ –
भाद्र -१९- नेपाल रेडक्रस साेसाइटीकाे ६० औ स्थापना दिवस नेरेसाे मध्यपुर थिमि उपशाखाले दीप प्रज्वलित गरि रेडक्रस डे मनाइयाे । उपशाखाका सभापति पूर्ण केशरी श्रेष्ठले सम्पूर्ण स्वयंसेवक तथा समाजसेवीहरूलाई शुभकामना दिनुभयाे । कार्यक्रममा उपशाखाका सचिव जीवन श्रेष्ठ, सदस्य पूर्णसुन्दर श्रेष्ठ, पूर्वसचिव बाबुकाजी श्रेष्ठलगायत उपस्थित रहेकाे थियाे ।