समाचार समाज

कृषक /फर्म / सहकारी / कम्पनी आदिलाई मध्यपुर थिमि न.पा ले जारी गर्‍यो जरूरी सुचना

Buzz Education

प्रकाशित – मिति – भदौ -८

मध्यपुर थिमि नगरपालिका अन्तरगत रहेका कृषि संग सम्बन्धित सेवाग्राहीलाई पहिचान गरी नगरपालिका बाट सञ्चालन गरिने कृषि कार्यक्रममा समावेश हुनका लागि कृषि संग सम्बन्धित कृषक (ब्यक्ती ) / कृषि समुह / कृषि सहकारी / कृषि फर्म / कम्पनीहरू यस न. पा. को कृषि शाखामा सुचिकृत हुनका लागि तपशिल अनुशारको कागजात संलग्न गरी सुचना प्रकाशन भएको मितिल १ महिना भित्र सुचिकृत हुन सम्बन्धित सबैमा अनुरोध गरीन्छ । यस सुचना बमोजिम सुचिकृत नहुने कुनै पनि कृषक (व्यक्ती ) कृषि समुह / कृषि सहकारी / कृषि फर्म / कम्पनी हरुलाई यस नगरपालिकाको कृषि शाखा द्वारा सञ्चालन गरिने कार्यक्रममा सहभागी गराउन नसकिने ब्यहोरा समेत जानकारी गराईन्छ । साथै यस बिषयमा थप जानकारीका लागि मध्यपुर थिमि नगर पालिका कार्यालयको कृषि शाखामा सम्पर्क गर्न हुन समेत अनुरोध छ ।
सुचिकृत हुनका लागि संलग्न गर्नु पर्ने कागजातहरू
कृषक (व्यक्ती ) सुचिकृत हुनका लागि
* मुख्य पेशा कृषि भएको र कृषकले कम्तिमा प्‍ आना जग्गामा खेती गरेको हुनु पर्ने
* कृषक हो भनी वडा कार्यालयको सिफारिस
* सुचिकृत हुनका लागि निवेदन

– कृषक समुह सुचिकृत ( नबिकरण हुनका लागि
* दर्ता प्रमाणपत्रको प्रतिलिपि
* समुह बैठक निर्णयको प्रतिलिपि
* राजश्व तिरेको भौचरको प्रतिलिपि
सुचिकृत हुनका लागि आबेदन

-कृषि सहकारी / कृषि फर्म / कम्पनिहरु सुचिकृत हुनका लागि
* दर्ता प्रमाणपत्रको प्रतिलिपि
सहकारीको लागि कार्य समिति बैठकको प्रतिलिपि
वडा कायालय को सिफारिस
सुचिकृत हुनका लागि आबेदन

Buzz Education

ताजा समाचार

नाईजेरीया को जेलमा आक्रमण हुदा ८०० भन्दा बढी कैदी भागे

Madhyapur Diary

रासस फोटोपत्रकार रत्न श्रेष्ठको थिमिको बिस्काः जात्रा एकल फोटो प्रदर्शनी सुरु ।

Madhyapur Diary

आज बिजया दशमी – टिकाको साईत बिहान १० बजेर २ मिनेट

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy