समाचार समाज स्वास्थ्य

मध्यपुर नगर प्रमुखद्वारा कुलमान घिसिङ तथा डिआजी मिरा चौधरी संग भेटघाट ।

भाद्र -३-मध्यपुर थिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ तथा नेपाल बिद्युत प्राधिकरण प्रमुख कुल मान घिसिङ बिच भेटघाट भएको छ । भेटका क्रममा मध्यपुर थिमि नगरपालिकाको अरनिको राजमार्ग छेउछाउ हाल सडक बत्ती नबलेको र यस्ले रातिको समयमा अंध्यारोका कारण सिर्जना भएको अप्थेरो, सम्भाबित सडक दुर्घटना, सुरक्षाको बिषय आदिमा छलफल भएको र चांडै भन्दा चांडै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त भएको बताईएको छ । हाल मध्यपुर थिमिको लोकन्थली देखि भक्तपुर नगरपालिकाको सांगा सम्मका सडक बत्तीमा सोलार बत्ती बाल्ने जिम्मा पाएको बत्तास समुहले बत्ती बाल्ने काम नगरेको, मर्मत सम्भार नगरेको र बिद्युत प्राधिकरण लाई महसुल समेत नतिरेको पाईएको छ। यो सडक खण्डमा पर्ने ३ वटा नगरपालिकाहरु मध्यपुर, सुर्यबिनायक र भक्तपुर नगरपालिकाले सडक बत्ती बाल्न आ-आफ्नो क्षेत्रको जिम्मेबारी लिएमा चांडैनै अरनिको राजमार्ग झिलिमिलि बन्न सक्ने बिषयमा छलफल भएको श्रोतले जनाएको छ । साथै मध्यपुर थिमि नगर भित्र बिद्युत प्राधिकरणका बिजुलीका तारहरू भूमिगत गर्ने तथा थिमि ,बोडे र नगदेश जस्ता पुराना ऐतिहासिक बस्ती भित्र अवस्थित सम्पदा क्षेत्रमा अतुत रुपमा बिजुली बत्तीको ब्यबस्था गरी झिलिमिली पार्ने तथा थप आकर्षक र सुरक्षित बनाउने बिषयमा समेत छलफल भएको बताईएको छ ।


त्यस्तै गरी भेटघाटकै सिलसिलामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले डिआईजी मिरा चौधरी, थिमि प्रहरी बृत्तका डिएसपी हरिनन्दन चौधरी र भक्तपुरका ट्राफ्रिक प्रहरी इन्चार्ज राजु कार्की संग पनि भेटघाट भएको छ । उहांहरू संगको छलफलमा जडिबुटी स्थित पुल मुनिको करिडोरलाई खुल्ला गर्ने, अब्यबस्थित पार्किङ ब्यबस्थित गर्ने र सबवे लाई वान वे गर्ने बिषयमा छलफल भएको बताईएको छ ।

ताजा समाचार

फेसबुकले गर्‍यो नाम परिवर्तन । नंया नाम के ?

Madhyapur Diary

दिल्लीमा अनिश्चित कालका लागि शैक्षिक संस्था बन्द ।

Madhyapur Diary

नेतृत्व नयां पुस्तालाई हस्तान्तरण गर्न तयार छु – माधब नेपाल

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy