भदौं -१८-मध्यपुर थिमिको कौशलटारमा शनिवार CHITF तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर CHITF तेक्वान्दो द्वारा कौशलटारमा शनिवार CHITF तेक्वान्दो कौशलटारको सागबारीमा आयोजित उक्त ग्रेडिङ कार्यक्रममा नेपाल CHITF का नेपाल अध्यक्ष कुल बहादुर बुढा मगर, उपाध्यक्ष्य आश्मा श्रेष्ठ, भक्तपुर जिल्ला CHITF का अध्यक्ष बालकृष्ण बाग आदिको उपस्थिति रहेको थियो । उक्त ग्रेडिङ कार्यक्रममा कुल १२० जना खेलाडीहरू सहभागी भएको बताईएको छ । सो ग्रेडिङ कार्यक्रममा नवरत्न ई. स्कुल, कौशलटार इन्ग्लिस बोर्डिङ स्कुल, ग्ल्याड स्टोन ई. स्कुल, लर्ड बुद्ध ई स्कुल, बेदिक ई बोर्डिङ स्कुल र कान्जिरोवा ई बोर्डिङ स्कुलको सहभागिता रहेको थियो ।