
![]()
काठमान्डौ भदौ – ११ -किन झुक्यो बाडडेनको शिर ?
काबुल बिमानस्थलमा हमला भएपछी अमेरिकी राष्ट्रपति . वाईडेनले पत्रकारहरुलाई जवाफ दिने क्रममा निशब्द हुनपरेको छ । सामाजिक सञ्जालमा उनले शिर झुकाएर निहुरेको तस्वीर नमज्जासँग भाईरल भईरहेको छ। काबुल बिमानस्थलमा आक्रमण भएपछी १३ अमेरिकी सैनिक सहीत एक सय भन्दा बढीले ज्यान गुमाउनु परेको थियो।
यस घटनामा संलग्न आईएसआई को चर्को शब्दमा आलोचना गरेपछी उनी पत्रकारहरूले शोधेको प्रश्नको जवाफ दिन थाले । यसै क्रममा फोक्स न्यूजका रिपोर्टर पिटर डोकीले उक्त घटनाको र अफगानीस्तानमा जे भई रहेको छ त्यस्को जिमेबारी लिनुहुन्छ कि हुन्न भन्ने प्रश्न सोधेका थिए। भएको ढिलाईको लागि आफूले जिमेबारी लिने बताउँदै पूर्व राष्टपति डोनाल्ड ट्रम्पको सेना फिर्ता गर्ने निर्णयको स्मरण गराएका थिए ।
अमेरिकी राष्ट्रपति बाइडेनले जोसुकैले पनि काबुल आक्रमण गरेको भएपनि आफूहरुले कहील्यै त्यसका लागि माफि नदीने बताएका थिए ।
ऐजेन्सी

