समाचार समाज

निलबाराही नाचका देवगणलाई मध्यपुर थिमि नगरपालिका द्वारा पुजा अपर्ण गरीयो ।

गत श्रावण – २८ बाट सुरु भएको यस बर्षको निलबाराही नाच अर्थात द्यो र्‍याखंमा देवगणका लागि वडा न ८ कार्यालयको संयोजनमा मध्यपुर थिमि नगरपालिकाका तर्फबाट पुजा अर्पण कार्यक्रम सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट बाट सुरु भएको  ऐतिहासिक निलबाराही देबगण लाई पूजा चढाउने कार्य नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय कृष्ण श्रेष्ठ एवम वडा न ८ का अध्यक्ष रमेश थापा श्रेष्ठ लगायत जनप्रतिनिधि एवंम कर्मचारी सहतको सहभागितामा पुजा अर्पण कार्य सम्पन्न भएको हो । बोडेमा मात्र नभई उपत्यका भरी प्रसिद्ध सयौ बर्ष पुरानो यस नाचमा भैरव -१, बाराहि ४, सिंह -४ ,कुमारी  ४ द्वारपाल क्षेत्रपाल -२ र गणेश ४ गरी कुल १९ जना देबी देवताको मुकुन्डो धारण गरी मनाइने गरीन्छ । बोडेको निलबाराही नाच बिशुद्ध धार्मिक तथा तान्त्रिक नाचको रूपमा लिइन्छ ।

यस्का आफ्नै छुट्टै सञ्चालनका नियम तथा बिधिबिद्यानहरू छन जस्ले यस नाचलाई जिवन्त तुल्याईरहन र निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस नाचलाई हेर्न उपत्यकाका बिभिन्न स्थानहरूबाट  भक्तजन हरुको भिड लाग्ने गर्छ । नाच तेस्रो दिन मंगलबार समापन हुँदै छ ।

ताजा समाचार

नेडरल्याण्डसलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

Madhyapur Diary

मध्यपुर -८ बोडे मनोहरा किनारामा अपरचित व्यक्तिको लाश भेटीयो ।

Madhyapur Diary

मध्यपुरमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, नामावली सहित

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy