नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसीपको फाइनलपछि नेपाल नफर्किने बताएका छन् । यो समाचारले नेपाली फुटबल जगत अहीले तातिएको छ ।आफूले यस अघि नै राजीनामा दिइसकेको बताउँदै नेपालको प्रशिक्षकको रुपमा फाइनल खेल नै अन्तिम खेल हुने बताएका हुन् ।
पछिल्लो तीन दिन आफु निक्कै नै तनाबमा रहेको बताउँदै आफु राम्रोसंग सुत्न समेत नसकेको उनले बताएका छन ।
पछिल्ला तीन दिन मैले राम्रोसँग खाइन, सुत्न पनि सकिन,’ उनले भने । नेपालले पाएको पेनाल्टीको विवादबारे भने उनले सो निर्णय ठीक थियो या थिएन भनेर नबोल्ने बताए । नेपालले आज बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ ।
