समाचार समाज

मध्यपुर थिमिमा बिनायक स्कुल द्वारा अस्टमातृका नाच प्रदर्शन ।

विनायकद्वारा परम्परागत नृत्य प्रदर्शन

संस्कृति हाम्रो पहिचान , मान ,सम्मान इज्जत ,प्रतिष्ठा र गौरव भएकोले यसको संरक्षण गर्नुपर्छ भन्ने मान्यता बोकेको binayak sikshya niketan english मध्यपुर ठिमी भक्तपुरले यही साउन 29 गते आइतवार सांस्कृतिक नगरी मध्यपुर थिमिका विभिन्न ठाउँहरुमा परम्परागत नृत्य अष्टमातृका प्रदर्शन गर्यो। विनायक शिक्षा निकेतनका नृत्य प्रशिक्षक शिवहरी प्रजापति र बालमुकुन्द प्रजापतिले संयोजन गर्नुभएको उक्त नृत्य ठिमी आसपासका विभिन्न सात ठाउँमा प्रदर्शन गरियो। संस्कृति पुर्खाहरूको सुन्दर आविष्कार रहेको तथा लोपोन्मुख संस्कृति लाई कुनै पनि हालतमा हराउन दिनुहुँदैन, पुराना पुस्ताले नयाँ पुस्तालाई यस्ता ज्ञानहरु हस्तान्तरण गरिदै लैजानुपर्छ भन्ने जनमानसमा ज्ञान दिने उद्देश्यले यस्ता परम्परागत नृत्य प्रदर्शन गरिएको विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी गराउनुभयो। binayak शिक्षा निकेतनका कक्षा 7, 8 र 9 मा अध्ययनरत विद्यार्थीहरु सहभागी भएको उक्त नृत्य प्रदर्शन कार्यक्रममा हज्जारौं स्थानीयबासीहरुले आफ्नो संस्कृति बचाउने कार्यमा सहभागी विद्यार्थी तथा विद्यालयप्रति हार्दिक आभार व्यक्त गर्दै अन्य मौलिक नाचहरु समयसमयमा विद्यालयले प्रदर्शन गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए। सो नृत्य अवलोकन पश्चात विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले मध्यपुर ठिमी क्षेत्रका हरेक टोल यो नित्य लगायत ज्यापु ज्यापुनी नाच, भैल नाच, रोपाई नाच तथा अन्य परम्परागत नाच प्रदर्शन गरी आफ्नो मौलिकता ,रहनसहन, भेषभुषा युगदेखि युगसम्म जीवन्त रहन सक्ने ठहर गरी स्थापनाकालदेखि नै विनायकले यस्ता कार्यक्रमहरु सतर्कताका साथ गर्दै आएको विषयमा जानकारी गराउनुभयो

ताजा समाचार

मध्यपुर लिगको ३० औं खेलमा वडा ९ द्वारा ६ पराजित |

Madhyapur Diary

भक्तपुरमा सहलह सहकारीद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

नेपालमा आईफोन १३ किन्दै हुनुहुन्छ ? खुशिको खबर ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy