समाचार समाज

निलबाराही नाचका देवगणलाई मध्यपुर थिमि नगरपालिकाद्वारा पुजा चढाउने कार्य सम्पन्न ।

Buzz Education

गत श्रावण – २८ बाट सुरु भएको यस बर्षको निलबाराही नाच अर्थात द्यो र्‍याखंमा देवगणका लागि वडा न ८ कार्यालयको संयोजनमा मध्यपुर थिमि नगरपालिकाका तर्फबाट पुजा अर्पण कार्यक्रम सम्पन्न भएको छ । गाईजात्राको भोलिपल्ट बाट सुरु भएको ऐतिहासिक निलबाराही देबगण लाई पूजा चढाउने कार्य नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय कृष्ण श्रेष्ठ एवम वडा न ८ का अध्यक्ष रमेश थापा श्रेष्ठ लगायत जनप्रतिनिधि एवंम कर्मचारी सहतको सहभागितामा पुजा अर्पण कार्य सम्पन्न भएको हो ।

बोडेमा मात्र नभई उपत्यका भरी प्रसिद्ध सयौ बर्ष पुरानो यस नाचमा भैरव -१, बाराहि ४, सिंह -४ ,कुमारी ४ द्वारपाल क्षेत्रपाल -२ र गणेश ४ गरी कुल १९ जना देबी देवताको मुकुन्डो धारण गरी मनाइने गरीन्छ । बोडेको निलबाराही नाच बिशुद्ध धार्मिक तथा तान्त्रिक नाचको रूपमा लिइन्छ । यस्का आफ्नै छुट्टै सञ्चालनका नियम तथा बिधिबिद्यानहरू छन जस्ले यस नाचलाई जिवन्त तुल्याईरहन र निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यस नाचलाई हेर्न उपत्यकाका बिभिन्न स्थानहरूबाट भक्तजन हरुको भिड लाग्ने गर्छ । नाच तेस्रो दिन मंगलबार सम्पन्न हुंदै छ ।

 

Buzz Education

ताजा समाचार

कतै तपाईलाई ‘हटट्याक’ त भइरहेको छैन ? यसरी सजिलै पत्ता लगाउनुस्

Madhyapur Diary

मध्यपुर थिमि ऐमाले नगर अधिवेशन सम्पन्न । सुर्यलाल श्रेष्ठको नेतृत्वमा नँया कमिटी ।

Madhyapur Diary

योमरी पुन्हिको दिन मध्यपुर थिमिमा सार्वजनिक बिदा ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy