विज्ञान प्रविधि शिक्षा समाचार

मध्यपुरको मसरुम सिड नेपाल प्रा.लि र नास्ट बिच अनुसन्धान सम्झौता सम्पन्न ।

Buzz Education

चैत्र – १४- मध्यपुर थिमि स्थित मसरूम सिड नेपाल प्रा लि र नेपाल बिज्ञान प्रबिधि प्रज्ञा प्रतिष्ठान नाष्ट बीच आपसी सहकार्यका लागि सम्झौता भएको छ । बहुमुल्य जंगली च्याउहरूको मुल्य अभिबृदिकरण , खेती प्रबिधि बिकास गर्ने र अन्य आयातित च्याउहरूको ठाउ सुहाउँदो उन्नत तथा सरल खेति प्रबिधिको बिकास गरी च्याउ उत्पादक हरुमा हस्तान्तरण गरी फैलाउनुका साथै समग्र राष्ट्रिय च्याउ उद्योगलाई उपयोगि हुने अनुसन्धान तथा बिकास कार्यलाई संयुक्त रूपमा अघि बढाउन आपसी समझदारी सम्झौता भएको हो । बिगतको बर्षमा पनि सम्झौता भई संयुक्त रूपमा अध्यन अनुसन्धान हुँदै आएकोमा थप अध्यन अनुसन्धानका लागि आगामी १ बर्षका लागि सम्झौता भएको मसरुम सीड नेपाल प्रालिका प्रबन्ध निर्देशक आकाश बाडेले मध्यपुर डायरी संबाददातालाई बताउनुभयो ।
नाष्टका बिज्ञान संकाय प्रमुख बैज्ञानिक अनिता श्रेष्ठ र मसरुम सिड नेपालका प्रबन्ध निर्देशक आकास बादे बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर तथा पत्र हस्तान्तरण भएको हो ।


उक्त हस्तान्तरण कार्यक्रममा नाष्टका बरिष्ठ च्याउ बैज्ञानिक जयकान्त राउत लगायत अन्य बैज्ञानिकहरुकाे समेत उपस्थिति थियो ।कार्यक्रममा बोल्नु हुदै बरिष्ठ च्याउ बैज्ञानिक जयकान्त राउतले बिगतमा पनि च्याउ अध्यन अनुसन्धानमा अग्रिनी सरकारी निकायका रूपमा रहेको नाष्टले मसरुम सिड नेपाल संगको अनुसन्धान सहकार्यमा भएका गतिबिधि तथा उपलब्धि बारे जानकारी दिनुभएको थियो ।

नाष्टका बिज्ञान संकाय प्रमुख डा. अनिता श्रेष्ठले उच्च स्तरमा अध्यन अनुसन्धान बाट प्राप्त उपलब्धि लाई किसान स्तरमा पुर्‍याउन र किसानको समस्या अनुरूप आवश्यक भएका बिउ, रोगब्याधी , प्रबिधि सम्बन्धि आवश्यक प्रबिधि बारे अध्यन,अनुसन्धान र हस्तानतरण गर्न निजी क्षेत्र संगको सहकार्य आवश्यक रहेको बताउनु भयो ।


मशरुम सिड नेपाल एण्ड रिर्सच सेन्टर प्रालिका प्रबन्ध निर्देशक आकाश बाडेले नास्ट संगको अनुसन्धान सहकार्यमा जोडिन पाउनु आफ्नो लागि निक्कै गर्वको कुरा भएको र थप सम्झौता नबिकरणले थप च्याउ अध्यन र अनुसन्धानमा लाग्न अभिप्रेरणा मिलेको बताउनु भयो ।

Buzz Education

ताजा समाचार

राष्ट्रिय युवा संघ नेपालको मध्यपुर थिमि ९ वडा कमिटी घोषणा कार्यक्रममा मा. महेश बस्नेतले के के भने ?

Madhyapur Diary

मध्यपुर -५ दिगुटोल स्थित शिवमन्दिर पुननिर्माण सिलान्यास सम्पन्न ।

Madhyapur Diary

भक्तपुर नगरपालिका द्वारा किसानलाई आलुको बिउ बितरण ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy