मनोरञ्जन शिक्षा

ग्ल्याडस्टोन ऐकेडेमीमा नाटक प्रतियोगिता सम्पन्न ।

मध्यपुर – ४ गते – मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले दीपावलीको अवसर पारेर अन्तर सदन नाटक प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत सञ्चालित कार्यक्रममा चार सदनका चारवटा नाटक मञ्चन गरिएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठको सभापतित्व रहेकोे कार्यक्रमको निर्णायकको भूमिका रङ्गमञ्चकर्मि प्रल्हाद खरेल र रङ्गमञ्चकर्मी तथा सञ्चार कर्मी तारा के.सी. ले निभाएका थिए ।

 विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काले संयोजन गरेको प्रतियोगितामा विद्यार्थीहरुलाई विभिन्न बिधामा सम्मान गरीएको थियो ।
प्रतियोगितामा लेप्टन सदनकी आश्मा न्यौपानेले द वेस्ट एक्ट्रेस सपोर्टिङ रोलको उपाधी चुमिन भने बोसन सदनका सौरभराज बराल द वेस्ट एक्टर सपोर्टिङ रोल बन्न सफल भए ।

त्यसैगरी बोसन सदनकी नयुसा शर्माले द वेस्ट एक्ट्रेस मेनरोलको उपाधी उचालिन भने बोसन सदनकै अंश लामा द वेस्ट एक्टर मेनरोलको उपाधी पाउन सफल भए ।


प्रतियोगितामा लेप्टन सदनकी सदन शिक्षक विनिता प्रजापति वेस्ट राइटर बन्न सफल भइन भने ब्यारन सदनकि रोनिशा प्रजापति वेस्ट डाइरेक्टर बन्न सफल भइन् ।द वेस्ट ड्रामा अफ द इयरको उपाधी ब्यारन सदनको “अतीत “,ले प्राप्त गर्‍यो ।
विजेता विद्यार्थीहरुलाई प्रमाणपत्र तथा ट्रफी प्रदान गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठले विद्यार्थीको अभिनय र लगनशीलताको खुलेर तारिफ गर्दै बोसन सदनका एड्भाइजर पूर्णबहादुर आलेमगर ,हार्डन सदनका एड्भाइजर दिपिन श्रेष्ठ ,लेप्टन सदनकी एड्भाइजर विनिता प्रजापति र ब्यारन सदनका एड्भाइजर युवराज अर्यालले कार्यक्रम सफल बनाउन गरेको मिहिनेत अतुलनीय रहेकोे बताउनु भयो ।

 

ताजा समाचार

मध्यपुरको विनायक स्कुलद्वारा राष्ट्रिय खेलाडीहरूको सम्मान

Madhyapur Diary

नेपाल आईडल सिजन 4 को उपाधि भूपेन्द्र लाई ।

Madhyapur Diary

ड्रग्स पार्टीबाटशाहरूख खानका छोरा पक्राउ

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy