घुमफिर शिक्षा

विद्यालय कर्नर – बिनायकका बिद्यार्थीहरु जनकपुर भ्रमणमा

Buzz Education

विनायक शिक्षा निकेतनका विद्यार्थीहरु जनकपुरमा ।।

मध्यपुरथिमि स्थित Vinayak Shiksha Niketan English secondary school ले आफ्ना विद्यार्थीहरुको शिक्षण , सिकाई क्रियाकलापलाई विद्यालय भित्र मात्र सिमित नराखी प्रगतिशिल शिक्षाबादको (progressive Education) सिद्धान्तलाई अनुशरण गरी विद्यालय विविध project कार्य, अवलोकन भ्रमण तथा शैक्षिक भ्रमण मार्फत सैद्धान्तिक एवं व्यवहारिक शिक्षा प्रदान गरिँदै आएको छ ।

यसै सिलसिलामा तिहारको लगत्तै कार्तिक ११ र १२ गते कक्षा ७ मा अध्ययनरत विद्यार्थीलाई मधेस प्रदेश अन्तर्गत जनकपुरको जानकी मन्दिर ,रेल्वे स्टेशन, धनुषाधाम गंगासागर, मधेश प्रदेशसभा भमण, तथा सिन्धुलीको कमलालाई, सिन्धुलीगढी, लगायतका विभिन्न स्थानमा अवलोकन गराई सम्बन्धित ठाउँहरुको भौगोलिक, सामाजिक एवं सांस्कृतिक वातावरणका बारे जानकारी गराइएको अवलोकन भ्रमणका संयोजक एवं सामाजिक विषय शिक्षक सन्ध्या झाले बताउनुभयो ।भ्रमण सकिएपछि विद्यालयमा समूहगतरुपमा शैक्षिक भ्रमणकाको उपलब्धि सम्बन्धमा presentation गराई विद्यार्थीहरूको सिकाइ मूल्याङ्कन गरिने पनि शिक्षिका झा ले भ्रमण को उद्देश्य बारे पनि स्पष्ट पार्नुभयो।

बिद्यालयका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतिले विद्यार्थीहरुले कक्षा कोठा भित्रको सिकाई भन्दा बाहिर बढी व्यावहारिक र प्रभावकारी सिकाइ हुने भएकोले विद्यालयले आवश्यकताअनुसार समयसमयमा विद्यार्थीहरुलाई विद्यालय भन्दा बाहिर अन्य स्थानहरुमा भ्रमण लैजाने गरेको कुरा बताउनुभयो ।

Buzz Education

ताजा समाचार

बन्यजन्तु फोटोग्राफर संजय थाले उपत्यकामा पहिलोपटक भेटाए chestnut eared Bunting चरा

Madhyapur Diary

मध्यपुरको बिनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापति सम्मानित ।

Madhyapur Diary

एक अर्ब लगानीमा चितवनको पतिहानीमा रिसोर्ट सञ्चालनमा आउँदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy