अर्थतन्त्र समाचार समाज स्वास्थ्य

मध्यपुर थिमिमा सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा रक्तद्वान कार्यक्रमको आयोजना

कार्तिक –१० सांग्रिला बिकास बैंकको १७ औं बार्षिक उत्सबको अवशरमा मध्यपुर थिमिको बाहखा: बजारमा अवस्थित बैंकको शाखा द्वारा बुधबार एक रक्तदान कार्यक्रमको आयोजना गरीएको छ । बैंकको प्राङ्गणमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा कुल ६३ जना रक्तदाता हरुले रक्तदान गरेको सांग्रिला बिकास बैंक,थिमि शाखाका प्रबन्धक आश कुमार जरेजुले बताउनु भयो।

बिज्ञापन
बिज्ञापन
सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित रक्तद्वान कार्यक्रम
सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित रक्तद्वान कार्यक्रम

बिहान ९ बजेबाट शुरू भएको उक्त रक्तद्वान कार्यक्रममा बैंकका कर्मचारी, सेवाग्राही र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।नेपाल रेडक्रस सोसाईटी ललितपुर जिल्ला शाखा, ललितपुर रक्त संचार सेवा केन्द्रको प्राबिधिक सहयोगमा सांग्रिला बिकास बैंकले उक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको बैकका थिमि शाखा प्रबन्धक जरेजुले बताउनु भयो । उक्त अवशरमा बैकको तर्फबाट रक्तदाता हरुलाई मायाको चिनोको  रूपमा कि रिङ्ग तथा कलम एवम प्रमाणपत्र प्रदान गरीएको थियो ।

सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित रक्तद्वान कार्यक्रम
सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित रक्तद्वान कार्यक्रम
सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित रक्तद्वान कार्यक्रम
सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित रक्तद्वान कार्यक्रम
बिज्ञापन
बिज्ञापन

सांग्रिला बिकास बैंकले बिगतका बर्षहरूमा पनि बार्षिक दिवशको अवशरमा बिभिन्न सामाजिक उत्तरद्वायित्व बहन गर्ने बिभिन्न कार्यक्रमहरू गर्दै आएकोमा यो बर्ष पनि सांग्रिला बिकास बैकका देशै भरीका कुल ९८ वटा शाखाहरू बाट मंगलबार बिभिन्न शैक्षिक संस्थाहरूमा बितिय साक्षरता कार्यक्रम तथा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेको बताईएको छ ।

सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित बित्तीय साक्षरता कार्यक्रम
सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित बित्तीय साक्षरता कार्यक्रम
बिज्ञापन
बिज्ञापन

सांग्रिला बिकास बैंक थिमि शाखा द्वारा आयोजित बित्तीय साक्षरता कार्यक्रम

यसै क्रममा संग्रिला बिकास बैंकको थिमि शाखाले मंगलबार मध्यपुर थिमि नगरपालिका वडा – न . ४ स्थित आदर्श उच्च माध्यामिक बिद्यालय लायकुका कक्षा ११ र १२ का ब्यबस्थापन संकायका कुल ८० छात्रछात्रा हरुलाई बित्तीय साक्षरता कार्यक्रम संञ्चालन गरीएको थियो । उक्त साक्षरता कार्यक्रममा बिद्यालयका प्राचार्य बुद्धि कुमार घो श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

ताजा समाचार

नेपाल भारत दोस्रो मैत्रिपुर्ण फुटबल खेलमा भारत बिजयी

Madhyapur Diary

बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने -केपी शर्मा ओली

Madhyapur Diary

नेपाली कांग्रेस महाधिवेशन मंशीर २४ देखि २६ सम्म हुने ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy