समाचार समाज

सानोठिमि तेक्वान्डो परिवारको प्रथम बार्षिक साधारण सभा सम्पन्न ।

चैत्र १४- मध्यपुर थिमि ३ स्थित सानोठिमी तेक्वान्डो परिवारले आफ्नो प्रथम बार्षिक अधिवेषन सम्पन्न गरेको छ । मध्यपुर क्षेत्रका ३० जना सदस्यहरू मिलेर मासिक १ हजार रुपैया प्रतिब्यक्ति योगदान रहने गरी टेक्वान्डो प्रशिक्षक इन्द्र भक्त चित्रकार को नेतृत्वमा सञ्चालन हुँदै आएको उक्त परिवारले  ठमेल स्थित नेपाली घर होटल प्रा.लि मा साधारण सभा आयोजना गरिएको हो ।


सानो ठिमी टेक्वान्डो परिवारकाका उपाध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ द्वारा आमन्त्रित अतिथिहरुलाई स्वागत मन्तब्य द्वारा स्वागत गरीएको उक्त कार्यक्रममा प्रमुख अतिथि रेसलर भरत बहादुर बिसुराल, पूर्व टेक्वान्दो राष्ट्रिय खेलाडी तथा ओलम्पियन संङगीना बैद्य, १३ औ सागका दोहोरो स्वर्ण पदक बिजेता आयशा शाक्य लगाएत ,१३ औ सागका स्वर्ण पदक बिजयी खेलाडीहरू काजल श्रेष्ठ तथा सक्षम कार्कि अतिथिका रूपमा रहनु भएको थियो ।


कार्यक्रममा बोल्नु हुदै रेसलर भरत बहादुर बिसुरालले ( हिमालयन टाईगरल ) खेल क्षेत्रको बिकासका लागि अक्षयकोष स्थापना गरी अगाडी बढ्न खोज्नु निक्कै सरहानीय काम रहेको बताउनु भयो । डोजाङका सचिब तेज कृष्ण श्रेष्ठले सानो थिमि तेक्वान्डो परिवारको बार्षिक गतिबिधि र भाबी योजना प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष प्रल्हाद श्रेष्ठले परिवारको बार्षिक आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

उक्त साधारण सभा कार्यक्रमको प्रायोजन नेपाल होम प्रा.लिका Account head manager सुसान्त बस्नेतले गर्नुभएको परिवारका बर्तमान अध्यक्ष इन्द्र भक्त चित्रकारले मध्यपुर डायरी संबाददातालाई बताउनुभयो ।

ताजा समाचार

नेपाली उत्पादन रातो च्याउको धुलो ” REISHI mushroom powder ” बजारमा ‘

Madhyapur Diary

मध्यपुर – ८ बोडेमा बिजया दशमीका दिन तलेजु भवानी तथा कोट पुजा कार्यक्रम सम्पन्न ।

Madhyapur Diary

झारफुक गर्ने बहानामा आफ्नै श्रीमती र छोरीको हत्या

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy