समाचार समाज

आज भक्तपुरमा “क्यानभासमा भक्तपुर ” कला कार्यशाला हुँदै ।

चैत्र १७- भक्तपुरमा हुने पुस्तक प्रदर्शनीको प्रचारार्थ क्यानभासमा भक्तपुर नामक एक दिने कला कार्यशाला हुने भएको छ ।

आरम्भ नेपालले आगामी २१, २२ र २३ गते भक्तपुरको लामगालमा गर्न लागेको आरम्भ पुस्तक प्रदर्शनीको प्रचारार्थ ‘क्यानभासमा भक्तपुर’ नामक एकदिने कला कार्यशाला हुने भएको हो ।

स्याटरडे प्लेन आर्टको विशेष सहयोगमा चैत १७ गते भक्तपुरका तीन ठाउँमा कार्यशाला हुने आयोजक समितिले जनाएको छ । आरम्भ नेपालका अध्यक्ष बालकृष्ण बनमालाले सो कार्यशालामा ३० बढी चित्रकलाका कलाकारहरूको सहभागिता रहने जानकारी दिए । उनले भक्तपुरको दत्तात्रय, टौमढी तथा दरबार स्क्वायर क्षेत्र छनोट गरी गरिने कार्यशालाका लागि आवश्यक क्यानभास तथा रंग आयोजक आरम्भ नेपालले उपलब्ध गराउनेछ ।

कार्यशालामा चित्रकलाका ख्यातिप्राप्त कलाकारहरु दिवेश प्रधान, राधेश्याम कर्माचार्य, पुण्यराम मातां, नारायण बोहजू, बालकृष्ण बनमाला, राकेश श्रेष्ठ लगायतको सहभागिता रहने छ । सो समयमा बनाइएका चित्रकलाहरु प्रदर्शनीमा राखिनुका साथै बिक्री समेत गरिने आयोजकले जनाएको छ ।

ताजा समाचार

मध्यपुर ८ बोडेको पांचो गणेश साकोस द्वारा खुल्ला रक्तदान कार्यक्रमको आयोजना ।

Madhyapur Diary

दोस्रो सानोठिमी आन्तरिक तेक्वान्डो प्रतियोगिता सम्पन्न

Madhyapur Diary

आज जनै पूर्णिमा मनाईदै

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy