चैत्र -१३-मध्यपुर थिमि वडा न ८ बोडेका ख्यातिप्राप्त बाईक रेसर तथा स्टन्ट म्यान भिम होनाले मोटो स्पोर्टस नेपालद्वारा धुलिखेल को हिमालयन मोटोल्याण्डमा आयोजित नेपाल रेस कप 2022 मा तेस्रो स्थान हासिल गर्न सफल भएका छन । प्रतियोगितामा उत्कृष्ट नतिजा सहित प्रथम स्थान हासिल गर्ने लक्ष्य सहित भाग लिन पुगेका भिम होनाले रेसकै दौरान गिएरमा समस्या आएको र त्यसका बावजुत पनि पहिलो गिएरको मदतले मात्रै सबै ल्याप पुरा गर्नु परेको मध्यपुर डायरी संबाददातालाई बताएका छन ।
आफुले सम्पूर्ण तयारीका बाबजुत पनि बाईकमा प्राबिधिक समस्या आउँदा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको बताए । तर पनि सबैको प्रतिकृया र सहानुमतिले आफु थप उर्जावान वनेको र आगामी दिनहरूमा थप मेहनत र तयारी साथ लाग्ने उनले बताए ।
कुल १२ ल्यापको रेस भएको उक्त प्रतियोगितामा राज कार्की प्रथम र बिबेक श्रेष्ठ दोस्रो भएका छन । प्रथम हुनेले नगद रु ५० हजार सहीत ट्रोफी दोस्रो हुने ले नगद रु ३० हजार सहीत ट्रोफी र तेस्रो हुनेले नगद रू २०००० सहीत ट्रोफी प्राप्त गरेका छन ।