खेलकुद

मध्यपुरका भिम होना बने नेपाल रेस कप 2022 मा तृतीय

Buzz Education

चैत्र -१३-मध्यपुर थिमि वडा न ८ बोडेका ख्यातिप्राप्त बाईक रेसर तथा स्टन्ट म्यान भिम होनाले  मोटो स्पोर्टस नेपालद्वारा धुलिखेल को हिमालयन मोटोल्याण्डमा आयोजित नेपाल रेस कप 2022 मा तेस्रो स्थान हासिल गर्न सफल भएका छन । प्रतियोगितामा उत्कृष्ट नतिजा सहित प्रथम स्थान हासिल गर्ने लक्ष्य सहित भाग लिन पुगेका भिम होनाले रेसकै दौरान गिएरमा समस्या आएको र त्यसका बावजुत पनि पहिलो गिएरको मदतले मात्रै सबै ल्याप पुरा गर्नु परेको मध्यपुर डायरी संबाददातालाई बताएका छन ।

आफुले सम्पूर्ण तयारीका बाबजुत पनि बाईकमा प्राबिधिक समस्या आउँदा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको बताए । तर पनि सबैको प्रतिकृया र सहानुमतिले आफु थप उर्जावान वनेको र आगामी दिनहरूमा थप मेहनत र तयारी साथ लाग्ने उनले बताए ।

कुल १२ ल्यापको रेस भएको उक्त प्रतियोगितामा राज कार्की प्रथम र बिबेक श्रेष्ठ दोस्रो भएका छन । प्रथम हुनेले नगद रु ५० हजार सहीत ट्रोफी दोस्रो हुने ले नगद रु ३० हजार सहीत ट्रोफी र तेस्रो हुनेले नगद रू २०००० सहीत ट्रोफी प्राप्त गरेका छन ।

Buzz Education

ताजा समाचार

बिद्यालय कर्नर – बिनायकका बिद्यार्थीहरुका लागि क्ले क्राफ्ट कार्यशाला ।

Madhyapur Diary

नेडरल्याण्डसलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा

Madhyapur Diary

विनायक छैठौं अन्तर विद्यालयस्तरीय मध्यपुर थिमि नगरपालिका कप फुटवल प्रतियाेगितामा विजयी

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy