चैत्र – १३ – मध्यपुर थिमि दिगुली निवासी जेष्ठ नागरिक दशराम प्रजापति गत शुक्रबार दिउँसो १२ बजे तिर सधै झै एकैछीन तहल्न घर बाहीर निस्केका थिए । बर्षले ७० काटेका दसरामको बिर्सने रोग अल्जाइमर थियो । को, कहाँ, कुन कता छिनछिनमा बिर्सने बानि थियो । अरु बेला घर बाहिर निस्कन्थे । तर दस मिनेट भित्रमा घर फर्कन्थे । शुक्रबार दसराम बाहीर त निस्के,१० मिनेट भन्दा बढी समय भइसक्दा पनि नफर्केपछी घरका सदस्यहरू आतिन थाले । नजिकै कतै गएको हुनुपर्छ भन्ने सोचि एताउता खोजे तर सम्भाबित सबै नजिकका ठाउहरूमा खोजे । प्रहरी कार्यालयमा जानकारी गराईयो । टोल, छिमेक, आफन्त, साथीभाई सम्पूर्णले खोजिनिती गर्न सक्दो सहयोग गरे ।
तर शनिवार दिउसो ३ बजे तिर नराम्रो खबर प्राप्त भयो। भक्तपुरको पलाँसेमा एक जेष्ठ नागरीकको शब भेटिएको भन्ने समाचार प्राप्त हुनासाथ परिवार र आफन्त पुगेर बुझ्दा मृतक तीनै दशराम प्रजापति नै भएको पुष्टि भयो । मध्यपुर भरीका सामाजिक सञ्जाल प्रयोगकर्ता हरुले दशराम प्रजापति भेटीने आशा स्वरूप सयौं पोष्ट शेयर गरे । तर शनिवार बेलुकी दसराम प्रजापतिको निधनको खबरले टोल ,छिमेक, , साथीभाई र सिंगो मध्यपुर बासिलाई स्तब्ध बनायो ।
बिर्सने बानीका अलावा कम बोल्ने बानी पनि थियो दशरामको । कसैलाई केही नबोली किन र कसरी पलासे सम्म पुगे भन्ने प्रश्नले यतिबेला थिमि बासी स्तब्ध छ ।
छोरा राम प्रजापतिले भने आफुलाई परेको यो संकटमा साथ दिने सम्पूर्णमा आभार प्रकट गदै सम्पूर्णमा धन्यबाद व्यक्त गरेका छन । बुवालाई सकुसल फर्काउन र भेटाउन नसकेर खिन्न उनको मनलाई सहयोगीहरुको मानबीयता र सदभाब देखेर भने केही सान्त्वना मिलेको छ ।
मृतक दसराम प्रजापतिलाई हार्दिक श्रदान्जली ।