खेलकुद

श्रीलंका बिरुद्ध नेपालको ३ – २ को जित । नेपाल ६ अंकका साथ प्रतियोगिताको शिर्ष स्थानमा

Buzz Education

साफ च्याम्पियनसिप अन्तरगत नेपालले श्रीलंकालाई ३ – २ को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको शिर्ष स्थानमा रहन सफल भएको छ । नेपालको यो दोस्रो जित हो ।
नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका थिए भने श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।
पहिलो हाफमा नेपालका सुमन लामाले ३३ औ मिनेटमा गोल गरेका थिए ।
त्यसपछि पहिलो हाफमा कुनै गोल भएन । तर, दोस्रो हाफको सुरुवात अर्थात् खेलको ५१  औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा श्रीलंकाका काभिन्दु इशानको प्रहार नेपालका डिफेन्डर सुमन अर्यालले गोललाइनबाट बचाए । तर, लगत्तै ह्यामिल्टनले ५७ औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २–१ को स्थितिमा ल्याए ।
८६ औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३–१ को अग्रता दिलाए । त्यसपछि ३–१ को अन्तरले विजयी हुने अनुमान गरिरहेकै बेला श्रीलंकाले खेलको इन्जुरी समयमा पेनाल्टी पाएपछि डी सिल्भाले गोल गर्दै खेल ३–२ को अवस्थामा पुग्यो । त्यसपछि कुनै गोल भएन र नेपाल समग्रमा ३–२ ले विजयी बन्यो । यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

Buzz Education

ताजा समाचार

ग्ल्याडस्टोनमा ६१ जना स्काउटलाई दिक्षा

Madhyapur Diary

नेपाल र भारत बीचको मैत्रिपूर्ण फुटबल खेल आज हुदै ।

Madhyapur Diary

अष्ट्रेलियामा बस्ने मध्यपुरबासीहरुको ब्यबसायिक संस्थाहरूबाट मण्डेकाजी सम्मानित ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy