मनोरञ्जन समाचार समाज

नायक पल शाह बिरुद्ध मुद्धा दर्ता ।

Buzz Education

 

चैत्र -८ अभिनेता तथा मोडल पल शाह बिरुद्ध मंगलबार बालिका बलात्कारको अभियोगमा १४ बर्ष जेल सजायको माग सहित तनहुँ जिल्ला अदालतमा मुद्धा दर्ता गरीएको छ ।बालिकाको उमेर १६ वर्षभन्दा कम रहेको कारण पलमाथि १२ देखि १४ वर्ष कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।
साथै पलका म्यानेजर कृष्ण जोशि माथि पनि बालिका बलात्कार प्रकरणमा मतियारको भूमिका खेलेको भन्दै उनलाई पलमाथि हुने सजायको आधा सजाय मागदाबी सहित मुद्दा दर्ता गरिएको छ ।
साक्षीको बयान, घटना विवरण कागज, वारदातस्थलमा रहेको पुष्टि हुने प्रमाण, अभियुक्त र आरोपीबीचको संवादको कल डिटेल्स आदिलाई प्रमाणका रूपमा प्रस्तुत गरिएको बताईएको छ ।
फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीसम्बन्धी कसुरमा अभिनेता पल शाहविरुद्ध ​उजुरी दर्ता भएको थियो । यस सम्बन्धमा पल शाहले भने हालसम्म पनि पीडित बालिकासँग प्रेम वा यौन सम्बन्ध केही नरहेको भन्दै जबरजस्ती करणीको आरोप झुठो रहेको बताउँदै आएका छन ।

Buzz Education

ताजा समाचार

थिमिको सिद्धिकालिमा नेवाम्याक्स इलेक्ट्रोनिक्स सोरुम सञ्चालनमा

Madhyapur Diary

सत्रुधन सिन्हाको ट्वीटर ह्याक

Madhyapur Diary

मध्यपुरमा तेस्रो एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न, नामावली सहित

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy