पुष -२९- मध्यपुर सामुदायिक विद्यालय समिति(MCSC), मध्यपुर थिमिकाे आयाेजनामा आदर्श मावि, लायकु थिमिकाे कार्यकक्षमा २०७६ सालमा गठित सामुदायिक माध्यमिक विद्यालयका प्रअहरूकाे सञ्जाल( हाल म.सा.वि.समिति)मा विगतमा वरिष्ठ प्रअकाे रूपमा अध्यक्ष रही आ-आफ्नाे विद्यालयकाे प्रअ छँदै उमेरहदका कारण सेवा निवृत्त हुनु भएका आदर्श मावि, सानाेठिमीका पूर्व प्रअ सूर्य बहादुर कार्की र गणेश मावि, नगदेशका पूर्व प्रअ प्रतिमान नानिचा श्रेष्ठलाई बिदाई तथा सम्मान गर्न आयोजित कार्यक्रम सम्पन्न भएको छ ।
मथिनपा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख ज्ञानेन्द्र बन प्रमुख अतिथि एवम् शाखा अधिकृत नेत्रप्रसाद दाहाल विशेष अतिथि रहनु भएकाे उक्त कार्यक्रमकाे सभापतित्व समितिका अध्यक्ष एवम् बालप्रेमी माविका प्रअ चरण केशरी श्रेष्ठले गर्नु भएकाे थियाे ।
समितिका सचिव एवम् आदर्श मावि, लायकु थिमिका प्रअ बुद्धिकुमार घाेले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे साे कार्यक्रम समितका सदस्य एवम् गणेश मावि, नगदेशका प्रअ केशव चरण श्रेष्ठले सञ्चालन गर्नु भएकाे थियाे । कार्यक्रममा समितिका काेषाध्यक्ष एवम् बाेडे माविका प्रअ जीवन शर्मा, सदस्य प्रअद्वय आदर्श मावि, सानाेठिमीका ईश्वर श्रेष्ठ तथा जनक सिद्धकालीका कृष्णचन्द्र झाले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रममा मन्त्व्य राख्ने सबै प्रअहरूले समिति गठनकाे आवश्यकता, ओैचित्य, कार्यक्षेत्र र भावि याेजना बारे प्रकाश पार्नु भएकाे थियाे ।
मूलत: मथिनपा शिक्षा शाखा अन्तर्गत सञ्चालन हुने आधारभूत तह परीक्षा(BLE) लाई सुव्यवस्थित गर्ने, स्थानीय पाठ्यकरम कार्यान्वयनमा आवश्यक समन्वय गर्ने, विद्यार्थी मुल्याङ्कन तथा शैक्षिक गुणस्तर अभिवृद्बिका लागि शिक्षक तालिम/गाेष्ठी सञ्चालन तथा शैक्षक आदानप्रदान एवम् अतिरिक्त क्रियाकलापबाट विद्यार्थीकाे क्षमता अभिवृद्धिमा सहकार्य लगायतका प्राज्ञिक एवम् शैक्षिक उन्नयनका गतिविधि गर्ने उद्देश्यले “शिक्षामा गुणस्तरीता, हाम्राे प्रतिवद्धता” नारा समेत तय गरिएकाे व्यहाेरा प्रष्ट पारिएकाे थियाे । आगामी दिनमा मध्यपुर थिमि नगरपालिका भित्रका अन्य सामुदायिक आधारभूत विद्यालयहरूलाई समेत समेट्दै संस्थालाई अझ व्यापक र सुदृढ गर्दै लाने याेजना रहेकाे कुरा पनि प्रष्ट पारिएकाे थियाे ।
प्रमुख अतिथि ज्ञानेन्द्र बनले सुकुन्दामा दीप प्रज्वलन गरी उद्घाटन गरिएकाे कार्यक्रममा प्रमुख अतिथि तथा विशेष अतिथिले यस्ताे समिति गठनप्रति अत्यन्त खुशी व्यक्त हुँदै समितकाे उत्थान र विकासमा नगरपालिका शिक्षा शाखाकाे निरन्तर सहयाेग र सद्भाव रहने बताउनु भयाे । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय सूर्य बहादुर कार्की र प्रतिमान नानिचा श्रेष्ठले आ-आफ्नाे शिक्षण अनुभव, तत्त्कालिन समयमा सञ्जाल गठनकाे पृष्ठभमि र आजकाे क्षणमा प्राप्त भएकाे खुशीकाे अनुभूति बाँड्नु भएकाे थियाे ।
समितिकाे तर्फबाट सम्मानित व्यक्तित्वद्वयलाई सम्मनन-पत्र, ढाका-टाेपी, मायाकाे चिन्ह प्रदान गरी सम्मान गरिएकाे उक्त कार्यक्रममा निजद्वयसहित प्रमुख र विशेष अतिथि समेतलाई प्रअ/कवि बुद्धिकुमार घाेले हालै प्रकाशित आफ्नाे “देश दुखेकाे बेला” नामक कवितासङ्ग्रह सप्रेम उपहार प्रदान गरिएकाे थियाे।
तस्वीर तथा समाचार – बुद्धि कृष्ण घो श्रेष्ठ ।
