पेट्रोलियम सामाग्रिको मुल्य बृद्धि को बिरोधमा नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राष्ट्र ब्यापि आन्दोलनको घोषणा गरेका छन । पार्टी महासचिब बिप्लब द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरीए अनुशार ६ दिने बिरोध सभाको आयोजना गरिएको हो ।
बिरोध कार्यक्रम अन्तरगत घोषित कार्यक्रम अनुसार आज २५ गते देशव्यापी विरोध गर्ने, २६ गते मशाल जुलुस निकाल्ने, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गर्ने, २८ गते बिहान १० देखि ११ बजेसमम चक्काजाम गर्ने, २९ गतेदिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्ने जनाइएको छ भने ३० गते नेपाल बन्द गर्ने कार्यक्रमसमेत विप्लव समूहले जरि गरेको बिज्ञाप्ति मा उल्लेख गरीएको छ ।