खेलकुद समाचार

मध्यपुर लिग अन्तरगत २३ औं खेलमा वडा न ८ द्वारा वडा ७ पराजित | नतिजा – १-०

असोज ३१ – मध्यपुर लिग अन्तरगत सोमबार सम्पन्न भएको २३ औं खेलमा वडा न ८ बिजयी भएको छ । वडा न ८ द्वारा वडा न ७ लाई १ – ० को गोल अन्तरले पराजित गरेको हो । वडा न ८ का लागि खेलको १० औं मिनेटमा जर्शी न २१ का फरवार्ड राजु जयनाले गोल गदै आफ्नो टिमलाई अग्रता दिलाएको थियो । खेलमा दुबै तर्फबाट उत्कृष्ट खेल प्रदर्शन भएको थियो । खेलमा दुबै वडाले थुप्रै गोल गर्ने अवशर प्राप्त गरेपनि गोलमा परिणत हुन सकेन । पहिलो हाफमा अग्रता लिएको वडा ८ लाई उपाधि दाबेदार समेत मानिएको वडा न ७ लाई गार्हो परेको थियो । खेलमा वडा न ७ का जर्शी न २७ का साफिर घजुले पंहेलो कार्ड पाएका छन । खेलमा उत्कृष्ट खेलाडी वडा न ८ का जर्शी न १७ का मिडफिल्डर दिपक बासँ श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन

ताजा समाचार

टि – २० बिश्वकप – अफगानिस्तान द्वारा स्कटल्याण्ड पराजित

Madhyapur Diary

नेवा: पत्रकार राष्ट्रिय दबु:द्वारा स्वः पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०६ औं जन्मजयन्ती मनाईयो ।

Madhyapur Diary

ललितपुरको इमाडोलमा दुई बालकसहित आमाको पनि उपचारको क्रममा निधन

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy