अर्थतन्त्र शिक्षा समाचार स्वास्थ्य

म.थि.न.पा कृषि शाखा द्वारा तीनदिने च्याउ खेती तालिम सम्पन्न ।

Buzz Education

मध्यपुर थिमि नगरपालिकाको कृषि शाखाद्वारा आयोजित ३ दिने कन्ये च्याउ उत्पादन तथा खेति प्रबिधि तालिम बिहिवार सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका अन्तरगत साना किसानहरूलाई लक्षित गरी कृषि समुह, कृषि सहकारी सदस्यहरू तथा अगुवा कृषकहरूलाई सम्बन्धित वडाको सिफारिसमा उक्त तालिम प्रदान गरीएको हो । हाल सही र उपयुक्त तरीका र प्रबिधि नअपनाई गरीएको च्याउ खेति ले कृषकलाई नोक्सान पुर्‍याउने भएको हुँदा कृषकहरुलाई सहि ज्ञान र तालिम दिई साना किसानहरूले उद्योगको रूपमा लग्न सकोस भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरीएको मध्यपुर थिमि नगरपालिकाका कृषि शाखा प्रमुख चुन बहादुर राई ले बताउनु भयो । उहाँले बर्तमान समयमा मध्यपुर थिमि नगर भित्र कृषियोग्य जमिनको अभाब हुँदै गएको अवस्थामा शहरी कृषिको अवधारणा अन्तरगत थोरै क्षेत्रफल जमिन बाट पनि मनग्ये र छिटो आम्दानी लिन सकिने बालीको रूपमा च्याउ खेति प्रबिधिलाई बिस्तार गर्न उक्त कार्यक्रम आयोजना गरीएको बताउनु भयो ।


उक्त च्याउ खेति तालिममा ३८ जना प्रशिक्षार्थी हरुको सहभागिता रहेको बताईएको छ । प्रशिक्षार्थी हरुलाई पहिलो दिन सैद्धान्तिक ज्ञान दिईएको थियो भने दोस्रो र तेस्रो दिन ब्यबहारीक प्रयोगात्मक ज्ञान दिईएको थियो। प्रशिक्षार्थी आफै सहभागी गराई सैद्धान्तिक ज्ञानमा सिकेका कुराहरुलाई प्रयोगात्मक रूपमा सिकाईएकोले अन्य ठाउँमा सिकाइने भन्दा फरक र उपयोगि रहेको सहभागिहरुले बताएका छन ।
मध्यपुर क्षेत्रका अगुवा च्याउ कृषक, बिउ उत्पादक तथा मसुरूम सिड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि का कार्यकारी निर्देशक आकाश बाडे प्रमुख प्रशिक्षक रहेको उक्त तालिममा सहभागी हरुलाई प्रयोगात्मक अभ्यास निकोसेरा स्थित फ्रेश मशरुम प्रा लि को फर्ममा गराईएको थियो ।

Buzz Education

ताजा समाचार

लोकन्थलीमा शबबहान र मोटरसाईकल ठोक्किंदा एक घाइटे ।

Madhyapur Diary

राष्ट्रिय खेलकुड परिषदका सदस्य सचिब रमेश शिलवाल पदमुक्त

Madhyapur Diary

‘ईकुपिटाङ ‘ मार्फत ईकु ईकु अर्थात सुलेमान शंकर फेरी दर्शकमाझ आउँदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy