पुष – २९ – मध्यपुर थिमि नगरपालिका वडा न. ८ र ९ बोडे क्षेत्रमा मातृ शिशु स्वास्थ्य सेवामा सकृय रहि आएको चिमालय च्यारिटी नेपाल, Skovshoved Rotery club डेनमार्क र Rotery club of Madhyapur को Global Grant 2098156 द्वारा गर्भवती महिला हरुलाई मातृ शिशु स्वास्थ्य अन्तरगत स्तनपान सम्बन्धि परामर्श कार्यक्रम बिहिवार बोडे स्थित नर्थ प्वाईन्ट मलको सभाकक्षमा सम्पन्न भएको छ । रोटरी क्लब अफ मध्यपुरको ग्लोबल ग्रान्ट (Gobal grant ) अन्तरगत आगामी ३ बर्षको लागि गर्भबती महिला लाई स्तनपान तथा बाल स्वास्थ्य सम्बन्धि कक्षाहरू सन्चालित हुने बताईएको छ । शुक्रबार आयोजित उक्त कार्यक्रममा बोडे क्षेत्रका १५ जना गर्वबती आमाहरूको सहभागिता रहेको थियो भने ख्यातिप्राप्त बालरोग विशेषज्ञ डा. राम कृष्ण चन्द्योले उपस्थित गर्भबती आमाहरूलाई गर्भवती तथा सुत्केरी महिलाहरूले खानपानमा पुर्याउनु पर्ने सावधानी, डेलिभरी पश्चात आउन सक्ने स्तनपान सम्बन्धी समस्या , र मातृ शिशु स्वास्थ्य मामलामा चिमालय च्यारिटी नेपालले बोडे क्षेत्रमा पुर्याउँदै आएको सेवा तथा योगदानहरूको बारेमा प्रकाश पार्नु भयो ।
उक्त कार्यक्रममा उपस्थित सहभागिहरुले गर्भावस्था र त्यसपश्चात आउन सक्ने समस्याहरुका बारेमा जिज्ञाशा डा. चन्द्यो समक्ष राखेका थिए भने ती प्रश्नहरूको कार्यक्रमकै दौरान सम्बोधन गरीएको थियो ।
त्यस्तै मातृत्व सम्बन्धि आफ्नो अनुभब र आफुले भोगेका समस्या एवंम अपनाउनु पर्ने सावधानी आदिको बारेमा रश्मी शिल्पकारले उपस्थित गर्भबती महिला माझ अनुभब सुनाउनु भएको थियो ।

कार्यक्रमको दौरान सहभागीलाई स्तनपान गराउने सहि तरीकाको बारेमा भिडियो बृत्तचित्र समेत प्रदर्शन गरीएको थियो भने संस्थाको तर्फबाट बिबिद्य उपयोगि सामाग्रिहरू समेत बितरण गरीएको थियो ।
चिमालय च्यारिटी नेपालमा कार्यरत स्वास्यकर्मीहरूले गर्भावस्था तथा सुत्केरी अवस्थामा खानुपर्ने पोषक खोने कुराहरुको बारेमा परामर्श प्रदान गरीएको थियो भने सुत्केरी आमाले शिशुलाई दुध खुवाउंदा आउन सक्ने समस्याहरू, भोग्नु पर्ने कठिनाई, स्तनपानका फाईदाहरु लगायत आमा तथा शिशुको स्वास्थ्यमा स्तनपानले पुर्याउने फाईदाहरूको बारेमा जानकारी प्रदान गरीएको थियो ।
कार्यक्रममा सहभागि गर्भवती महिलाहरूले चिमालयको उक्त कार्यक्रम आफूहरुको लागि निक्कै नै उपयोगि साबित भएको बताएका थिए । चिमालय च्यारिटी संस्थाले मध्यपुरको वडा न ८ र ९ मा प्रत्येक सुत्केरी तथा नवजात शिशु सम्बन्धि समस्याको समाधान हेतु दक्ष स्वास्थय कर्मी सहीतको टोलीले घरघरमा आवश्यक उपचार, परामर्श तथा सेवा प्रदान गर्दै आएको छ ।
