समाचार समाज

३३ केजी सुन काण्ड – गोरेलाई १० बर्ष जेल सजाय – १३ लाख क्षतिपुर्ति भराउने ।

 

कार्तिक – ७ -३३ किलो सुन काण्डका आरोपित तथा  उर्लाबारीका ब्यबसायि सनम शाक्य को हत्याया आरोपित व्यक्ति गोरे अर्थात चुणमणि उप्रेतिलाई सजाय तोकेको छ ।
सोमबार न्यायाधीश भरत लम्सालक इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय ताेकेकाे गरेकाे अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए । मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भराउने गरी फैसला भएको उनले बताए ।

बिज्ञापन
बिज्ञापन

सुन तस्करी प्रकरणमा सफाइ पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले जन्मकैद फैसला सुनाएको थियो । असोज १९ गतेको फैसलामा अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर गरे पनि सजाय निर्धारण गरेको भने थिएन ।

अपहरण मुद्दामा गोरेलाई १० वर्ष कैदको सजाय भएपनि जन्मकैदमा जोडिने छैन । दुईवटै सजाय सँगसँगै अगाडि बढ्ने भएकाले अधिकतम सजायमात्रै कायम हुने उनको भनाइ छ । असोज १९ गते करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाइ दिएको थियो । सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो ।

ताजा समाचार

मध्यपुरको मिनी कोशी टप्पुमा पानी चरा गणना कार्य सम्पन्न ।

Madhyapur Diary

कार्तिक १९ गते ताथलीमा भिन्तुना र्‍याली हुने ।

Madhyapur Diary

असोज १ गते सानोठिमीमा तेक्वान्डो प्रतियोगिता हुदै ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy