भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ लोकन्थली स्थित आरुष मल्लले संचालन गर्दै आएका आएको ट्याटुमा पसलमा ट्याटु खोपाउन गएका सोही स्थान घर भई हाल काठमाडौ कोटेश्वर बस्ने बर्ष ३३ बर्षिय बिराज खड्का नामक व्यक्ति ट्याटु खोपाउन पालो कुरेर बसिरहेको अबस्थामा अचानक बेहोस भएर मृत्यु भएको छ । बेहोस भएपछि ट्याटु संचालक तथा आफन्तले उपचारका लागि के.एम.सी. अस्पताल सिनामंगल लगेकोमा बिहीबार उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।
ABCD खबर . ..
