समाचार समाज

मध्यपुर थिमिको बोडेमा राष्ट्रिय स्तरको नेशनल एपिक म्युजिक अवार्ड हुने

Buzz Education

असोज-१५ मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा वडा न ८ बोडेको कुमारी मन्दीर प्राङगणमा मिति २०७८ मंशिर ११ गते राष्ट्रिय स्तरको तेस्रो नेशनल एपिक नेपाल म्युजिक अवार्ड हुने भएको छ । कार्यक्रमको बारेमा जानकारी दिन मध्यपुर थिमि नगरपालिकाको सिद्धिकाली मन्दीर प्राङगणमा दर्जनौ सञ्चारकर्मी तथा चर्चित कलाकारहरूका बिच गरिएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुशार असोज १५ गते देखि नै बिभिन्न बिद्याका गीत संगित कालागि फाराम दर्ता खुल्ला गरिएको छ । कार्तिक १३ गते भने नोमिनेसन घोषणा गरिने बताईएको छ ।

पत्रकार सम्मेलन
पत्रकार सम्मेलन

संस्कृतिक नगरी मध्यपुर थिमिका नगर प्रमुख मदन सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा चर्चित गायिका टिका पुन, गाएक कस्तुप पन्त, दुर्गेश थापा, खेम सेन्चुरी लगाएतका गाएक गायिकाहरू तथा चर्चित म्युजिक भिडियो निर्देशक सुब्रत आचार्य, निर्देशक काजी श्रेष्ठ, जीवन पराजुली, एपिक नेपालका अध्यक्ष बबिता श्रेष्ठ, उपाध्यक्ष कृष्ण लाल साहुखल , महासचिब राजेन्द्र पुरी, कार्यक्रम संयोजक रामकाजी थापा क्षेत्री, कोषाध्यक्ष अमन श्रेष्ठ र अर्जुन थापा लगाएतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

प्रमुख मदन सुन्दर श्रेष्ठ
 मथिनपा प्रमुख मदन सुन्दर श्रेष्ठ

आजै देखि गीत संगित दर्ताको लागि फाराम खुलेको जानकारी दिंदै प्रमुख अतिथि मदन सुन्दर श्रेष्ठले टिका पुन, कस्तुप पन्त लगाएतका कलाकारहरुलाई फाराम बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले ऐतिहासिक नगरी मध्यपुर थिमिमा हुन गईरहेको तेस्रो एपिक म्युजिक अवार्ड निश्पक्ष रूपमा हुनेमा बिश्वास ब्यक्त गर्नुभयो । स्वस्थ रूपमा हुने म्यूजिक अवार्डले कलाकर्मी हरुलाई बर्षौ सम्म उर्जा दिने भएकाले यस्ता कार्यक्रम हुनुपर्ने उहाले बताउनु भयो ।

कृष्ण लाल साहुखल

एपिक नेपालका उपाध्यक्ष तथा मध्यपुरबासी कृष्ण लाल साहुखलले सयौ चर्चित कलाकारहरू समावेश हुने भएकाले मध्यपुर थिमिको पर्यटन बिकासमा यस अवार्ड कार्यक्रमले टेवा पुर्‍याउने बताउनुभयो ।

बिज्ञापन
बिज्ञापन

चर्चित म्युजिक भिडियो डाईरेक्टर तथा एपिक नेपाल प्रालिका अध्यक्ष बबिता श्रेष्ठले कोरोना महामारीले थलिएको नेपाली गीत संगित क्षेत्रलाई जोश प्रदान गर्न आफुहरुले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताउनु भयो ।

गाएक कस्तुप पन्त
गायक कस्तुप पन्त

चर्चित कलाकार कस्तुप पन्तले नेशनल एपिक म्युजिक अवार्डले सम्पूर्ण कलाकारहरूलाई उर्जा प्रदान गर्ने हुँदा सास्कृतिक नगरी मध्यपुर थिमिमा हुने उक्त कार्यक्रमले आफुजस्तै कलाकारहरुको मनोबल बढाउने बताउनु भयो ।
चर्चित म्युजिक भिडियो निर्देशक तथा पत्रकार सुब्रत आचार्यले एपिक अवार्ड तेस्रो पटक सम्म मात्र नभई निस्पक्ष रूपले सयौं पटक सम्म कलाकर्मीहरुलाई सम्मानित गदै अगाडी बढोस भनि शुभकामना दिनुभयो।

म्युजिक भिडियो निर्देशक सुब्रत आचार्य
म्युजिक भिडियो निर्देशक सुब्रत आचार्य

नेपाल भाषा गायिका सरस्वती मानन्धरले मध्यपुर थिमिको बोडेमा हुन गईरहेको एपिक म्युजिक अवार्डले आफु जस्तै सम्पूर्ण कलाकारहरुलाई उर्जा दिने बताउनु भयो ।

नेशनल एपिक नेपाल म्युजिक अवार्ड अन्तरगत लोक दोहरी, आधुनिक /पप बिधा, पप / लोकपप र भाषाभाषि बिद्यामा कुल ३२ शिर्षकमा अवार्ड दिन लागिएको हो।
लोक दोहरी बिद्या अन्तरगत सर्वोकृष्ट लोकगीत, सर्वोकृष्ट लोक दोहरी गायक, सर्वोकृष्ट लोक दोहरी गायिका, सर्बोकृष्ट लोकदोहरी शब्द, सर्बोकृष्ट लोकदोहरी लय, सर्बोकृष्ट लोकदोहरी मोडल महिला तथा पुरुष , सर्वोकृष्ट लोक दोहरी भिडियो निर्देशक (अभिनय ) , सर्बोकृष्ट लोक दोहरी नृत्य निदेशक, सर्बोकृष्ट लोकदोहरी नवगायक तथा गायिका, सर्बोकृष्ट भिडियो छाँयाकार, सर्बोकृष्ट भिडियो सम्पादन, सर्बोकृष्ट मोडल पुरुष / महिला सर्बोकृष्ट मोडल महिला नव / पुरुष नव, सर्बोकृष्ट म्युजिक भिडियो नव रहेका छन।
त्यस्तै आधुनिक /पप बिद्या अन्तरगत सर्बोकृष्ट आधुनिक गाएक / गायिका, सर्बोकृष्ट आधुनिक गितकार, मोडल पुरुष, मोडल महिला र सर्बोकृष्ट भिडियो निर्देशक रहेका छन् ।
त्यस्तै पप / लोक पप बिधामा पप /लोक गायिका र पप लोक गायिका रहेका छन् ।
त्यस्तै गरी भाषा भाषि बिद्यामा काठे / गायिका , देउडा गायक / गायिका, नेपाल भाषा गायक / गायिका रहेका छन् ।
अवार्डमा भाग लिन २०७७ साल बैशाख देखि २०७८ भदौ मसान्त भित्र बजारमा आएको गीत संगित हुनुपर्ने प्रावधान छ ।

Buzz Education

ताजा समाचार

बसले स्कुटरलाई ठक्कर दिंदा कलंकीमा दुईको मृत्यु ।

Madhyapur Diary

झारफुक गर्ने बहानामा आफ्नै श्रीमती र छोरीको हत्या

Madhyapur Diary

मध्यपुर लिग २१ औ खेलमा वडा न १ द्वारा वडा न ६ पराजित | नतिजा -१-०

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy