पुष -९ च्याउ तथा च्याउका बिभिन्न प्रजातिका बिउहरुको गुणस्तरिय उत्पादन तथा देशैभरीका बिभिन्न जिल्लाहरूमा बिक्रि बितरण गर्दै आएको मध्यपुर थिमि, चारदोबाटो सुन्दर नगर स्थित मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टर प्रा.लि ले जडिबुटीको राजा मानिने रातो च्याउको पाउडर ” REISHI Mushroom powder ” शक्रबार देखि नेपाली बजारमा ल्याएको छ । नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्थान (नाष्ट) संग सहकार्य गर्दै आएको मशरुम सिड नेपाल एण्ड रिर्सच सेन्टर प्रा.लि ले नाष्टको सभागृहमा आयोजित प्रडक्ट लन्च कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि राज्यमन्त्री बोधमाया कुमारी यादब द्वारा उक्त रेशि मसरुम पाउडर लन्च गर्नुभएको हो ।

मधुमेह , उच्च रक्तचाप, कोलेस्टोरेल, ट्युमर, क्यान्सर, मुटुरोग, अनिद्रा र डिप्रेसन लगाएतका बिरामी तथा निरोगी दुबै प्रकारमा मानिसहरूको लागि पनि स्वास्थ्यका दृष्टिले लाभदायि मानिएको रातो च्याउको पाउडर नेपाली बजारमा आएसंगै चर्को मूल्य खेपेर बिदेशी उत्पादन उपयोग गदै आएका नेपाली उपभोक्ताहरुलाई ठूलो राहत मिल्ने बिश्वास कम्पनीले लिएको बताईएको छ । हाल नेपालमा बिदेशी ब्राण्डका रातो च्याउको पाउडर अत्याधिक मात्रामा आयात हुँदै आएको तथा उपभोक्ताले चर्को मूल्य तिदै आएका छन ।
शुक्रबार लन्च गरीएको उक्त रातो च्याउको पाउडरको मूल्य २ हजार कायम गरीएको छ । लन्चकै अवशरमा ५०% छुट सहित उक्त प्रडक्ट बिक्रि गरीएको थियो । औषधिको रूपमा नभई फुड सप्लिमेन्टको रुपमा प्रयोग गर्न सकिने बताईएको उक्त पाउडर हरेक उमेर समुहको मानिसले दैनिक निश्चित परिमाणमा तातो पानी संग मिसाएर चियाको रूपमा खान सकिने मसरुम सिड नेपाल एण्ड रिसर्च सेन्टरका रिर्सच प्राबिधिक सबिन ख्याजुले बताउनु भयो।
मशरुम सिड नेपाल एण्ड रिर्सच सेन्टर प्रा.लि का निर्देशक आकाश बाडेले आफुहरुले नाष्ट संगको सहकार्यमा बिभिन्न चरणका प्रयोग परीक्षण तथा अनसन्धान गदै बिभिन्न च्याउका प्रजाती हरुको निरन्तर अध्यन अनसन्धान गदै आएकोमा हाललाई नेपाल लक्षित गरी रातो च्याउको धुलो रिशि मसरुम पाउडर बजारमा ल्याएको बताउनु भयो । यो च्याउ तरकारीको रूपमा नभई दैनिक चियाको रुपमा पिउने हो भने मधुमेह, मुटुरोग, कोलेस्टोरल, डिप्रेसन र उच्च रक्तचाप लगाएतका बिभिन्न रोगहरूलाई तत्काल फाईदा गर्ने र ट्युमर, क्यान्सर जस्ता दिर्ध रोहहरूमा पनि यस्ले निक्कै लाभ दिने बताउनुभयो ।
नेपाल बिज्ञान प्रबिधि तथा प्रज्ञा प्रतिष्ठान नाष्टका बरिष्ठ बैज्ञानिक तथा च्याउ बिशेषज्ञ डा. जयकान्त राउतले नेपालमा रातो च्याउ खेतीको बिगत र बर्तमानको अवस्था र भबिष्यमा यसको सम्भाव्यताको बारेमा चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि राज्यमन्त्री बोधमाया कुमारी यादव ले नेपालमा च्याउ क्षेत्रमा उल्लेख्य प्रगति हुँदै आएको चर्चा गर्नु हुँदै आगामी दिनमा पनि यस्को बृदि बिकास गर्न र थप अनुसन्धान लगायतका कार्यहरूमा आवश्यक प्रबिधिहरूमा सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।
कार्यक्रममा पूर्व मन्त्री तथा च्याउ ब्यबसायी केशब लाल श्रेष्ठ, बन तथा भू संरक्षण विभागका महानिर्देशक मान बहादुर खडका, ब्यबसायिक किट बिकास केन्द्रका तीर्थ श्रेष्ठ, नाष्टका उपकुलपति सुनिल बाबु श्रेष्ठ,नाष्टका सचिब महेश कुमार अधिकारी , कृषि ज्ञान केन्द्र, ललितपुरका कृष्ण भद्र अधिकारी लगायतका अन्य बिशिष्ट महानुभाबहरूको उपस्थिति थियो ।
