पछिल्लो २४ घण्टामा कोरोणा संक्रमनबाट ३ जनाको मृत्यु भएको छ भने ८८७ जना निको भएका छन । यस संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ५६ पुगेको छ । मत्रालयले जनाए अनुशार हाल देशमा कुल सक्रिय संक्रमितको संख्या १० हजार २०१ रहेका छन । जस अन्तरगत होम आहतोलेसना ४२३ जना र ७७८ जना संस्थागत आईसोलेसनमा रहेका छन । २७३ जना आईसीयुमा र ८५ जना भेन्टिलेटरमा उपचाररत छन ।

नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ भने ७ लाख ८७ हजार ५०७ जना संक्रमणमुक्त भएका छन् ।यस्तै १० वर्ष मुनिका ९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
