खेलकुद समाचार

म.थि.न.पा द्वारा तेक्वान्डो खेलाडी तथा प्रशिक्षकहरुलाई ट्रयाक शुट बितरण तथा बिदाई कार्यक्रम सम्पन्न ।

Buzz Education

पूष – २ मध्यपुर थिमि नगरपालिकाद्वारा जैशी  देवल यूथ क्लब द्वारा आयोजना गर्न लागिएको प्रदेश स्तरीय दोस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्डो प्रतियोगितामा सहभागी हुने मध्यपुर थिमिका तेक्वान्डो प्रशिक्षक तथा खेलाडी हरुलाई ट्रयाक शुट बितरण तथा बिदाई एवम शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
कुल १८ वटा नगरपालिका र आयोजकको तर्फबाट २ टिम सहित २० टिमको सहभागिता रहने गरी सन्चालन गर्न लागिएको उक्त प्रतियोगितामा मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालित सानोथिमि तेक्वान्डो डोजाङ, पासा तेक्वान्दो डोजाङ, मध्यपुर तेक्वान्डो डोजाङ, मध्यपुर थिमि तेक्वान्डो डोजाङ र होली गार्डन स्कूल ले मध्यपुर थिमि नगरपालिकाको प्रतिनिधित्व गदै उक्त प्रतियोगितामा सहभागीता जनाउँदैछ ।
मध्यपुर थिमिको प्रतिनिधित्व गदै गरेका १८ जना खेलाडी तथा प्रशिक्षकहरु लाई उक्त कार्यक्रममा शुभकामना सहित  मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले ट्रयाक शुट प्रदान गर्नु भएको थियो। खेलाडी तथा प्रशिक्षकहरूलाई  ट्रयाक शुटका अलावा यातायात खर्च तथा डाईट (खाना ) खर्च को पनि ब्यबस्था गरिएको उक्त कार्यक्रममा बताईएको थियो ।
कार्यक्रममा बोल्नु हुँदै मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले  नगरपालिकाले बिगतमा अरु खेलहरुलाई सहयोग गदै आएकोमा अहिले तेक्वान्डो खेललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । बाल्यकालमा तेक्वान्डो खेलबाट आफुले पनि खेलजीवन शुरु गरेको स्मरण गर्नुहुदै उहाले खेलाडीहरूलाई अनुशासित भई प्रतियोगितामा भाग लिई मेडल उपाधि समेत लिएर फर्कन र सम्पुर्ण सहभागी खेलाडी तथा प्रशिक्षकहरुमा शुभकामना ब्यक्त गर्नुभयो । खेलकुड आत्मरक्षा तथा स्वास्थ्यको दृष्टिकोणले पनि निक्कै महत्वपूर्ण रहेको बताउनु हुँदै हरेकले खेलकुदमा रुचि राख्नुपर्ने बताउनु भयो ।


सानोथिमि तेक्वान्डो डोजाङका प्रमुख प्रशिक्षक ईन्द्र भक्त चित्रकारले मध्यपुर थिमि नगरपालिकाले खेलकुल क्षेत्रमा गदै आएको सहयोग खेलाडी तथा सम्पूर्ण खेल क्षेत्रलाई निक्कै महत्वपूर्ण रहेको र तेक्वान्डो प्रशिक्षक तथा खेलाडीहरूलाई अहिले गरीएको सहयोगले हौसला प्रदान गरेको बताउनु हुँदै मध्यपुर थिमि नगरपालिका लाई धन्यबाद ज्ञापन गर्नुभयो ।

तस्वीर – सुरेश श्रेष्ठ

Buzz Education

ताजा समाचार

नेपाली कांग्रेस भक्तपुर क्षेत्र न २ क्षेत्रीय सभापतिमा भेष बहादुर कार्की बिजयी ।

Madhyapur Diary

एमसिसी बारे अमेरिकालाई सोध्यो नेपालले प्रश्न

Madhyapur Diary

विनायकमा कराते र जिमनस्टिक प्रतियोगिता सम्पन्न ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy