खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैं–तिहारको लागि ल्याएर नबिकेका २३ च्याङ्ग्रा एकै रात मरेका छन् । बुधबार साँझ ७ बजे घाँस–पराल र पानी दिएर थुनिएका ४७ च्याङ्ग्रामध्ये बिहान करिब दुई दर्जन मृत फेला परेका छन् । १४ च्याङ्ग्रा घाइते छन् ।
कार्यालय परिसरमै रहेको खोरमा हताहती भएको घटनाको विवरण भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती कार्यालयले सार्वजनिक गरेको छैन । उसले मरेका च्याङ्ग्राबारे यकिन तथ्यांक आफूसँग नभएको भन्दै पन्छिन खोजेको छ । खोरमा थुनिएका च्याङ्ग्राहरू के कारणले मरे भनी पत्ता नलागेको उसको दाबी छ ।