शिक्षा समाचार समाज

मध्यपुर थिमिमा तीन पुस्तक सार्वजनिक |

मध्यपुर थिमिमा शनिबार एकैपटक दुईवटा कविता संग्रह र एउटा खण्डकाव्य सार्वजनिक गरिएको छ । थिमि बैक्वेटमा आयोजित उक्त कार्यक्रममा ३७ जना कविहरुले आआफनोबारेमा लेखिएको कविता संग्रह शव्दचित्रभित्र हामी नामक कविता संग्रह, बुद्धिकुमार घो बिगुलद्धारा लिखित देश रोएको बेला नामक कविता संग्रह र कवि भक्तबहादुर नेपालीको सुन्तली खण्डकाव्य संयुक्त रुपमा विमोचन गरिएको हो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, साहित्यकारहरु शान्ता श्रेष्ठ, हरि मञ्जुश्री, जगदीशचन्द्र भण्डारी, डा देवी नेपाल, डा कृष्णप्रसाद घिमिरे, डा यज्ञेश्वर निरौलालगायतले संयुक्त रुपमा यी तीनवटै पुस्तकको सार्वजनिक गरेका हुन् ।
शव्दचित्रभित्र हामीमा ३७ जना कविहरुले आआफनोबारेमा लेखिएको कविताका साथै उनीहरुका बायोडाटा पनि समावेश छन् ।
कार्यक्रममा पुस्तकका योजनाकार डा इन्दुल केसीले कविता समावेश भएका कविहरुबाटै प्रतिव्यक्ति एकएक हजार सहयोग रकम संकलन गरी कविता संग्रह प्रकाशित गरिएको जनाए । शव्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क कार्यालयको आयोजना, मध्यपुर थिमि भक्तपुरको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।

ताजा समाचार

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

Madhyapur Diary

स्थिर सरकारका लागि राष्ट्रपतिय शासन ब्यबस्था लागु आवश्यक – डा. बाबुराम भट्टराई

Madhyapur Diary

नेपाली कांग्रेस भक्तपुर क्षेत्र न २ क्षेत्रीय सभापतिमा भेष बहादुर कार्की बिजयी ।

Madhyapur Diary

Leave a Comment

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy