समाचार समाज

भक्तपुर स्थित श्री पद्दम माविको छेउमा रहेको रुख काटिदा दर्जनौ संख्यामा बकुल्ला चराहरू मारिएको बिषयमा चराप्रेमी तथा बातावरण प्रेमीहरूको आपति

श्रावण -१६ – भक्तपुर स्थित श्री पद्दम माविको छेउमा रहेको रुख काटिदा दर्जनौ संख्यामा बच्चा कोरल्दै गरेको अवस्थाका आगन्तुक बकुल्ला चराहरू मारिएको बिषयमा चराप्रेमी तथा बातावरण प्रेमीहरूले आपति जनाएका छन । स्थानीय केही व्यक्तिले चराहरुले दुर्गन्ध फैलाएको भनि रुख काटन आग्रह गरी सकेपश्चात वडा तथा बिद्यालयले उक्त रूख कातिएको र रुख काटिंदा त्यसमा रहेका बच्चा कोरल्दै गरेका पंक्षीहरू तथा बच्चा हरुको बारेमा नसोचिएको भन्दै चराप्रेमी हरुले आपत्ति जनाएका हुन । सामान्यतया रूख काट्नु सामान्य प्रक्रृया भएको तर त्यस्मा रहेका चराहरुको बारेमा ध्यान नदिनु र उचित ब्यबस्थापन नगरिएको प्रति बिमति रहेको चरा बिद सनेज प्रसाद सुवालको भनाई छ ।


सामाजिक संजालमा रुख : काँटी अलपत्र परेका चराहरुको तस्बीर पोष्ट भएपछी पक्षीप्रेमीहरु ले पनि आआफ्नो धारणा पोखेका छन । कतिपयले उक्त कार्य वडा तथा बिद्यालयले बिबेक पुर्‍याएर चराहरू नभएको समयमा काट्नु पर्ने तर्क गरेका छन ।

पक्षीं प्रेमी तथा ख्यातिप्राप्त बन्यजन्तु फोटोग्राफर सन्जय था श्रेष्ठले पनि सो कार्य हुन पुगेकोमा खेद जनाउँदै उक्त घटनाले आफु लगायत सम्पूर्ण पंक्षि प्रेमीहरुलाई दुखि र स्तब्ध बनाएको बताउनु भयो ।

ताजा समाचार

बिनायक शिक्षा निकेतनमा अष्ट्रेलियन स्वयममसेवकहरुलाई विदाई ।

Madhyapur Diary

बागीश्वरी मा.बि मा शिक्षक आवश्यकता ।

Madhyapur Diary

मथिनपा उपप्रमुख अन्जना मधिकर्मीको दोस्रो कार्यकालका लागि पार्टीमा उम्मेदबारी दर्ता ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy