शिक्षा समाचार स्वास्थ्य

मध्यपुर रोटरी क्लबद्वारा शिक्षक शिक्षिका हरुलाई स्तनपान र बाल स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न ।

Buzz Education

माघ -५ मध्यपुर रोटरी क्लबको ग्लोबल ग्रान्त कार्यक्रम अन्तर्गत चिमालय च्यारिटी नेपालको प्राबिधिक सहयोग र प्याब्सन भक्तपुरको सहकार्यमा बोडे स्थित नर्थ पोइन्ट मलमा २० जना शिक्षक शिक्षिकाहरुलाई स्तनपान र बाल स्वास्थ्य सम्बन्धि तालिम आज सम्पन भएको छ । स्तनपान सम्बन्धि जन चेतना र स्तनपान गर्ने आमाहरुलाई समुदाय स्तरमा नै सहयोग गर्ने उदेश्यले नियमित रुपमा संचालित मध्यपुर रोटरी क्लबको यो तालिममा यस पटक शिक्षक शिक्षिकाहरुलाई आमन्त्रण गरिएको थियो। कार्यक्रममा बाल रोग विशेषज्ञ रोटरियन डा राम कृष्ण चन्द्योद्वारा स्तनपान सम्बन्धि परामर्श प्राय जसो अस्पतालमा पनि नहुने भएकोले स्तनपान गर्ने आमाहरुलाई स्थानीय समुदायमा उपलब्ध सेवाहरु उचित समयमा प्रवाह गर्न शिक्षक शिक्षिकाहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो।

आवश्यक परामर्शको अभाबले जन्मेको एक घण्टा भित्र नै स्तनपान गराउन नसक्ने र ६ महिना भित्र नै आमाको दुध बाहेक अन्य दुध वा लित्तो दिने प्रचलनले बच्चाको र आमाको स्वास्थ्यमा प्रतिकुल प्रभाब हुनुको साथ साथै आर्थिक भार पनि पर्न जाने भएकोले हामीले गर्भवती बेला देखि नै यस बारे तयारी गर्नु पर्ने कुरा प्रकाश पार्नु भयो। साथै उहाले बच्चाको शारीरिक र बौदिक बिकाश र रोग संग लड्ने क्षमता बृदिको लागि सन्तुलित खानाको साथै समकालीन उमेरकासंग एक आपसमा घुलमिल गरि सामुहिक खेलहरुमा पनि समाबेश गर्नु पर्ने कुरा बताउनु भयो। यसो गर्न सकेमा बच्चाहरुको अहिले बढी रहेको मोबाइल, टि भी को लटको समस्यामा पनि कमि आउनुको साथै खाना मा रुचि बढ्नुको साथै कब्जियत लगायत एलर्जि पनि कम हुने गर्दछ।

कार्यक्रममा अर्का बाल रोग विशेषज्ञ चिमालय च्यारिटी नेपालको अक्ष्यक्ष डा.मन्जेस्वोरी उलक द्वारा प्राय जसो पहिलो चोटी बच्चा जन्माएका आमाहरु लाई बच्चा जन्मेको पहिलो हप्तामा नै स्तनपानको सहि आसन र स्तन संग सम्पर्क स्थापित गर्न सकेमा दुध गान्निने, घाउ हुने र निप्पल चर्किने समस्या हरुमा कमि हुनुको साथै बच्चाको उचित बृदि बिकाश हुने कुरामा प्रकाश पार्नु भयो। सफल स्तनपान स्थापित गर्न स्तनपान गर्ने आमा लाई परिवार समाज सबैको सहयोगको आवस्यकता हुने र घर छोडेर काममा जानु पर्ने आमाले पनि दुध हातले निचोरेर संकलन गरि कोठाको तापक्रम अथवा फ्रिज मा राखेर बच्चा लाई ख्वाउन सक्ने बताउनु भयो।

सहभागी शिक्षक शिक्षिकाहरुले यस तालिम बाट मध्यपुर को समुदायमा आधारित स्तनपान सम्बन्धि रोटरी क्लब र चिमालय च्यारिटीको कार्यक्रम थाहा पाउने अवसर पाउनुको साथै बाल स्वास्थ्य सम्बन्धि जानकारी पनि धेरै प्रभाकारी रहेको बताउनु भयो। यस्ता कार्यक्रमहरु अभिभाबक अनि समुदायका अन्य सदस्य साथै मध्यपुर बाहेक अन्य क्षेत्रमा पनि विस्तार गर्नु पर्ने सुझाब पनि दिनु भयो।
कार्यक्रमको अन्त्यमा सहभागी हरुलाई प्रमाणपत्र मध्यपुर रोटरीका भुतपुर्ब अध्यक्ष तथा ग्लोबल ग्रान्त कार्यक्रमका सयोजक रोतरियन उषा प्रजापतिले गर्नु भयो र वहाले स्तनपान साथ साथै अन्य सामाजिक कार्यक्रमहरु मध्यपुर रोटरी मार्फत भै रहेकोले सहभागी शिक्षक शिक्षिकाहरु पनि रोटरी क्लबमा आवद्व हुन आग्रह गर्नु भयो

Buzz Education

ताजा समाचार

एक सहकारी एक सदस्यको प्रावधान गलतः के के मानन्धर ।

Madhyapur Diary

लकडाउन बिरुद्ध अष्ट्रेलियामा प्रदर्शन

Madhyapur Diary

दिल्लीमा अनिश्चित कालका लागि शैक्षिक संस्था बन्द ।

Madhyapur Diary

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy